कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन आग्रह

0

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन आग्रह गरेको छ ।

डेंगु रोगको जोखिम कम गर्नका लागि मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले  सोमबार सूचना जारी गर्दै सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन अनुरोध गर्नुभएको हो ।

मन्त्रालयले डिज जातको लामखुट्टे प्रायः दिनको समयमा, विशेषगरी बिहान र बेलुका समयमा सक्रिय हुँदा यो जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले लामखुट्टेबाट बच्नलाई यस्तो आग्रह गरेको हो ।

साथै, डेंगु सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नु पनि डा. अधिकारीले आग्रह गर्नुभएको छ ।

मन्त्रालयले डेंगु नियन्त्रणका लागि प्रदेश जिल्ला  र स्थानीय तहसँगको समन्ययनमा डेंगु सार्ने लामखुट्टको लार्भा  खोज र नष्ट गर अभियानलाई तीव्र बनाएको जनाएको छ । gorkhapatra

You might also like