प्रदेश पाँचमा कोरोना सक्रमण बढदै , देशैभर संक्रमितको संख्या ७५ पुग्यो

0

बुटवल २१ बैशाख – प्रदेश पाँचको नेपालगञ्जमा आइतबार पुनः थप ६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले आइतबार साँझ पौने आठ बजे जारी गरेको विज्ञप्तिमा नेपालगञ्जमा थप ६ जनामा नयाँ पुष्टि भएको र यो सँगै संक्रमितको संख्या ७५ पुगेको जनाइएको छ ।


नेपालगञ्ज ८ निवासी १६, २१, ३४ बर्षका पुरुष र ४०, ५५ र ६० बर्षका महिलाहरु गरी ६ जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालगञ्जमा मात्रै आइतबार १५ जनामा कोरोनाको संक्रमण पोजेटिभ देखिएको छ भने आइतबार नै वीरगञ्ज नगरपालिकाका महानगरपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।दिउँसो नेपालगञ्जमा कोरोना पुष्टि हुनेमा पाँच पुरुष र चार महिला रहेका थिए ।

You might also like