संविधान दिवस कतै दीपावली ,कतै पुर्नलेखनको माग, कतै जलाइयो (फोटो फिचर)

0

नवलपरासी : संबिधान दिवसमा कतै दिपावली कतै बिरोध कतै संबिधान नै जलाइएको छ ।

सोही क्रममा पश्चिम नवलपरासीमा शनिवार बिरोध प्रदर्शन गरिएको छ ।

जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले असोज ३ गते संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउदै बिरोध प्रर्दशन गरेको हो । पार्टीले जिल्लाको सदरमुकाम परासीको हाटबजारबाट निकालेको बिरोध र्याली जिल्ला प्रशासन हुँदै बुद्धचोक स्थित कोणसभामा परिणत भएको थियोे । पार्टीका अध्यक्षद्वय धरेन्द्र यादव र मुकुरजी गिरिको नेतृत्वमा निक्लेको बिरोध र्यालीका सहभागीहरु हातमा कालो पट्टी बाधेर हातमा कालो झण्डा लिएका थिए ।

त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति पश्चिम नवलपरासीले बर्दघाटमा कार्यक्रम गरी संबिधानको बिरोध गरेको छ ।

कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष दलबहादुर विरकट्टाले अहिलेको संविधान अपुरो रहेकोले यसको संसोधन नभई पुनः लेखन हुनुपर्ने आफ्नो पार्टीको माग रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष धनबहादुरु गुरुङ्गले २०७२ सालमा संविधान लेख्न सफल भएपनि यसमा धैरै कुरा अपुरो रहेको उल्लेख गर्दै सरकारले कोरोना महामारीको बाहना बनाएर जनतालाई घरभित्र थुन्ने काम मात्र गरेको आरोप लगाउनुभयो । विरोध कार्यक्रम राष्ट्रिय जनमुक्ति पार्टी बर्दघाट नगर कार्यसमितिको ब्यबस्थापनमा भएको हो ।
कार्यक्रममा जिल्ला अध्यक्ष धनबहादुर गुरुङ्गको अध्यक्षता, नगर अध्यक्ष खेम बहादुर रानाको स्वागत रहेको थियो । कार्यक्रममा जिल्ला उपसचिव खड्ग बहादुर घर्तिको संचालन रहेको थियो । कार्यक्रममा राष्ट्रिय जनमुक्ति पाटीका केन्द्रिय सदस्य सुमित्रा थापा, प्रदेश समिति उपसचिव तारा राना, प्रदेश कोषाध्यक्ष कलावती राना, प्रदेश सदस्य तथा जिल्ला ईञ्चार्ज जसवहादुर पुन लगायत उपस्थिति रहेको थियो ।

त्यस्तै नेकपा क्रान्तिकारी माओवादी नवलपुरले २०७२ मा जारी संविधान जलाएको छ ।
उता सत्तारुढ नेकपा र सो पार्टी निकट भातृसंगठनहरुले संबिधान दिवसको अवसरमा ठाँउ ठाँउमा दीपप्रज्वलन गरेका छन् ।

You might also like