बर्दघाट–९ बाट भयो राहत वितरण शुरु

0

भुताहा १९ चैत्र – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ मा राहत वितरण गरिएको छ । नगरको कार्यक्रम अनुसार वडाले आफ्ना वडामा भएका लकडाउनबाट चुल्हो बाल्न गाह्रो भएका अतिबिपन्न तथा दैनिक ज्यालादारीका मजदुरका परिवारलाई खाद्यान्न वितरण गरेको हो । वडा कार्यालय परिसरमा नगर प्रमुख धीरज शर्मा बस्याल र वडाध्यक्ष चन्द्रकान्त चापागाईले संयुक्त रुपमा चामल, दाल, तेल नुन र साबुन प्रदान गर्नुभएको हो । त्यस्तै वडामा रहेका ४१ घर परिवारलाई उनीहरुको परिवार संख्याका आधारमा २५ गते सम्म पुग्ने गरी राहत प्रदान गरेको वडाध्यक्ष चापागाईले जानकारी दिनुभयो । त्यस्तै अरु वडाहरु पनि राहत वितरणको अन्तिम तयारीमा रहेको नगर प्रमुख बस्यालले बताउनुभयो ।

You might also like