राष्ट्रिय भूमि आयोगले तोकेको राजश्व घटाउन माग

0

रुपन्देही – रुपन्देहीको कञ्चन गाउंपालिकामा राष्ट्रिय भूमि आयोगले जग्गाको राजश्व बढी उठान लागेपछि स्थानीय सरोकारवालाले बिरोध जनाएका छन् । अव्यवस्थित जग्गाको राजश्व सोही जग्गाको मुल्य भन्दा राजश्व बढी उठाउन लागिएको भन्दै राजनीतिक दलहरुले बिरोध गरेका छन् ।
भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको मालिक बनाउन राज्यले भूमि आयोग गठन गरेको हो ।
रुपन्देहीको कञ्चन गाउंपालिकामा भूमि आयोगले चलन चल्तीको जग्गाको मुल्य भन्दा राजश्व बढी उठाउने गरी सूचना निकालेपछि राजनीतिक वृत्तबाटै त्यसको बिरोध भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक लक्ष्मीकान्त पौडेलले जानकारी गराउनुभयो ।
कञ्चन गाउंपालिकाका अध्यक्ष नवराज ढकाल, साविक रुद्रपुर गाविस अध्यक्ष समेत रहनुभएका लक्ष्मीकान्त पौडेलसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त रुपमा सोमबार विज्ञप्ति जारी गरी भूमि आयोगले राजश्व बढी उठाएको भन्दै बिरोध जनाएका छन् ।
जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका नेताहरुले राजश्व बढी उठाएको विषयमा बिरोध जनाउंदै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र राष्ट्रिय भूमि आयोग रुपन्देहीलाई ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रिय भूमि आयोगका लागि राज्यले बनाएको नीति नै गलत भएको र अव्यवस्थित जग्गाको मुल्य भन्दा बढी राजश्व तिर्न नसकिने स्थानीयले बताउदै आएका छन् ।
कञ्चन गाउंपालिका वडा नम्बर ५ मा रहेको १४ कठ्ठा अव्यवस्थित जग्गाको राजश्व १ करोड ५ लाख ५५ हजार बढी उठाउने गरी राष्ट्रिय भूमि आयोग रुपन्देहीले सूचना निकालेपछि उक्त सूचनाको राजनीतिक दलहरुले बिरोध गरेका हुन् । कञ्चन गाउंपालिकामा अव्यवस्थित एक कठ्ठा जग्गाको ८ लाखसम्म राजश्व उठाउने गरी राष्ट्रिय भूमि आयोगले सूचना जारी गरेको पौडेलले बताउनुभयो ।
राष्ट्रिय भूमि आयोगले तोकेको राजश्व महंगो भएकाले तत्काल घटाएर ल्याउन माग गरिएको छ । यो विषयमा बुझ्नका लागि राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर क्षेत्रीलाई पटक– पटक मोवाइलमा सम्पर्क गर्न खोजेपनि अध्यक्ष हरिबहादुर क्षेत्रीको मोवाइल उठ्न सके्न ।

You might also like