अखिल क्रान्तिकारीद्वारा बर्दघाट नगरपालिकाको शिक्षा शाखामा ४ बुदें ज्ञापन पत्र पेश

0

नवलपरासी – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल(क्रान्तिकारी) नवलपरासीले शैक्षिक संस्थामा राखिएका अनुशासन ईन्चार्जहरुलाई हटाउन माग गरेको छ । बर्दघाट नगरपालिकाको शिक्षा शाखामा ४ बुदें ज्ञापन पत्र पेश गर्दै संगठनले डिआईहरु हटाउन माग गरेको हो ।
सामुदायिक तथा नीजि बिद्यालयहरुमा डिआईको नाममा दण्डहीनता बढेको भन्दै क्रान्तिकारीले दण्डविहीन शिक्षण सिकाईका जोड दिएको संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ज्ञापन पत्रमा बर्दघाट नगरपालिकका सेनेटरी प्याडमा भएको अनियमितताको छानबिन गर्नुपर्ने , सरकारी कर्मचारी तथा जनप्रतिनिधिका सन्तानलाई सामुदायिक बिद्यालयमा पढाउने ब्यवस्था हुनुपर्ने र संगठनले बिगतमा राखेका मागहरु पूरा गर्नुपर्ने माग समाबेश गरिएको छ । ज्ञापन पत्र बुझ्दै बर्दघाट नगरपालिका शिक्षा शाखा प्रमुख एंव निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज पन्थीले संगठनले राखेका जायज मागलाई देखिने गरेरै पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यस अघि २०८० बैशाखमा सुनवल नगरपालिकामा संगठनले यस्तै प्रकारको मागहरु राखेको र सुनवल नगरपालिकाले सरकारी कर्मचारी तथा जनप्रतिनिधिका सन्तानलाई सामुदायिक बिद्यालयमा पढाउने ब्यवस्था सहितको कानुन बनाएको थियो ।

 

You might also like