‘चुनावका कारण भिडियो हटाउन बाध्य हुनु प-यो’

0

काठमाडौ । गायक प्रकाश सपुतले एक करोड पटक भन्दा बढी युटुयुवमा हेरिएको आफ्नो गीत पीरको भिडियो स्थानीय निर्वाचनका कारण आफुले हटाउन बाध्य हुनु परेको बताएका छन् । बिहिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै उनले यस्तो भनाई राखेका हुन् ।

यस अघि माओबादी छापामार महिलाहरुले बर्तमान अबस्थामा देहव्यापार गरेको प्रसँगलाई आफ्नो गीत पीरको भिडियोमा समेटेर गायक प्रकाश विवादमा परेको थिए । करिब एक सातापछि उनले सो भिडियो युटुवबाट हटाए । त्यो विवादित दृष्य काटेर उनले सो ठाउँमा अन्य दृष्य राखी म्युजिक भिडियोलाई पुन युटयुवमा राखेका छन् । यसरी पहिलाको भिडियो हटाउनुको कारण’bout उनले पत्रकारहरुलाई बिहिबार प्रकाश पारेका छन् ।

सो क्रममा उनले भने,‘स्थानीय निर्वाचन नजिकिँदै गरेको र सो निर्वाचनलाई असर पार्ने गरी हामीले भिडियो ल्याएको भनेर एउटा पार्टीका नेताहरुले भनेपछि यही चुनावका कारण पीर गीतको भिडियो हटाउन हामी वाध्य हुनु परेको हो ।’ उनले अगाडि थपे,‘त्यो भिडियोमा हामीले कुनै पनि राजनीतिक पार्टीलाई लक्षित गरेका थिएनौ र अहिले रिलिज हुनु एउटा सँयोग मात्र हो ।’

विवादित दृष्यमा माओबादी छापामार पुरुष पनि श्रीमतीलाई विदेश पठाएर आफु परस्त्रीसँग सम्बन्धको लागि गएको प्रसँगलाई कसैले वास्ता नगरेको पनि प्रकाशले गुनासो गरे,‘सो भिडियोमा छापामार महिलालाई मानहानी हुनेगरी उतारियो त भनियो । तर छापामार पुरुषहरुलाई पनि मानहानी हुनेगरी उतारिएको ’bout कसैले पनि चासो देखाएनन् ।’ नेपाली समाज पुरुष प्रधान भएको कुरा यो प्रसँगले पनि पुष्टी गर्ने उनको कथन थियो ।

पीर गीतको त्यो दृष्यका कारण धेरै छापामार महिलाहरुले आफुहरुको प्रतिष्ठानमा आँच आएको भनेर गुनासो गरेपछि त्यो दृष्य हटाउनु परेको पनि उनले खुलाएका छन् । त्यो दृष्य हटाएर पनि आफुले भन्न खोजेको कुरा अहिलेको भिडियोले प्रस्ट पारेको उनको कथन छ ।

सो गीतकी मोडल तथा अभिनेत्री सुरक्षा पन्तले पीरमा राखिएको त्यो दृष्य ती योद्धा महिलाहरुको दृष्टीकोणबाट सम्वेदनशिल भए पनि फिल्मको दृष्यकोणबाट सही भएको बताईन् । फिल्ममा यस्ता कुरलाई सामान्य लिनु पर्ने जिकिर गर्दै आफु निर्देशक भएको भए त्यो दृष्य नहटाउने दाबी उनले गरिन् । पीरको भिडियो रिलिज हुँदा आफुहरु सबैले तनाव झेल्नु परेको पनि उनले बताईन् ।

बिहिबार यो गीतको’bout जानकारी गराउन आयोजित पत्रकार भेटघाटमा प्रकाश सपुतले करिब ५० जना अनाथ वालवालिकाको अध्ययनका लागि आर्थिक सहयोग पनि प्रदान गरे । माओबादी जनयुद्धका क्रममा आमा बुबा गुमाएका बालबालिकाहरुलाई अध्यनका लागि सो सहयोग प्रदान गरिएको गायक प्रकाश सपुतले बताए ।rajdhanidaily

You might also like