पश्चिम नवलपरासीको बर्दघाटमा मंगलबार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, नगरमा संक्रमित संख्या ४० पुग्यो

0

भदौ १६,

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा मंगलबार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको बर्दघाट नगरपालिका वडा न. १४ बस्ने बर्ष ३१ की महिलामा कोरोना पुष्टि भएको हो । निज महिला आफ्नो श्रीमानको उपचारको क्रममा चितवनको भरतपुर अस्पतालमा रहेको र सोही क्रममा अस्पतालबाट गत शुक्रबार श्रीमान र श्रीमति गरि दुबै जनाको स्वाब संकलन गरि पिसिआर गरिएकोमा मंगलबार श्रीमतिको पिसिआर रिपोर्ट पोजेटि आएको छ भने श्रीमानको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । कोरोना संक्रूमित ती महिलाको स्वास्थ्य अवस्था समान्य रहेको र उनको सम्पर्कमा आएका मानिसहरुको कन्ट्रयाक्ट ट्रेसिंग गरिने स्वास्थ्य शाखा बर्दघाटका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवलीले जानकारी दिनुभएको छ ।

यो सँगै  गत विहिबार कन्ट्रयाक्ट ट्रेसिंग र विभिन्न आइसोलेशन र होम आइशोलेसनमा गरि ३४ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागी पठाइएकोमा ७ जनाको पिसिआर रिर्पोट आएकोमा सबैको रि जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले दिएको जानकारी अनुसार रिर्पोट नेगेटिभ रहेको र बाकी २६ जनाको पिसिआर रिर्पोट आउन बाकी रहेको र आइतबार शहिद स्मृती सामुदायिक अस्पताल चौपत्ताबाट विभिन्न क्षेत्रका गरि थप ९६ जनाको स्वाबं संकलन गरि पिसिआरको लागी पठाइएको र जम्मा १ सय २२ जनाको पिसिआर रिर्पोट आउन बाकी रहेको स्वास्थ्य शाखा प्रमुख ज्ञवलीले जानकरी दिुनभएको छ । बर्दघाट नगरपालिकामा हाल २ जना अन्य जिल्ला घर भई बर्दघाट मै बसोबास गर्दै आएकार २ जना सहित ४० जना कोरोना संक्रमित रहेका मध्य २५ जना डिस्चार्ज भइसकेका छन भने २ जना अस्पताल र ३ जना चिसाापानीमा अवस्थित आइशोलेसनमा रहेका छन । त्यस्तै १० जना कोरोना संक्रमितहरु होम आइशोलेसनमा रहेका छन । यस्तै नवलपरासी पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या २ सय ४६ पुगेको छ । जसमध्य अहिले सम्म १ सय ३४ जना डिस्चार्ज भइसकेको र जिल्लामा कोरोना संक्रमणबाट अहिलेसम्म १ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कोरोना फोकल पर्सन रतन शर्माले जानकारी दिनुभएको छ ।..Radio daunne

You might also like