दिन भरी सिमा नाक बन्द , रात भरि तस्करी
नवलपरासी / २० फागुन
पश्चिम नवलपरासीमा मदार बाबा मेला गर्न आएका भारतीय श्रद्धालुहरू नेपाल संग सिमा जोडिएका भारतीय नाकाहरु बन्द भएको हुनाले सिमा नाकाबाट घर फर्केर जान बाध्य भएका छन ।
पश्चिम नवलपरासीमा भारत संग सिमा जोडिएका मुख्य नाकाहरु बन्द भए पनि पक्लिहवा ,गुठी परसौनी , कठहवा , धरमौली ,बसहिया ,हरखपुरा ,भुजहवा लगायत नाकाहरूमा मदार बाबा मेला जानकको लागि श्रद्धालुहरू खेतको बाटो प्रयोग गर्न लगदा सिमामा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
त्यस्तै गुठी परसौनी सिमा नाकामा खटाइएको सशस्त्र प्रहरीहरूले मेला जाने श्रद्धालुहरूलाई सिमाबाट फिर्ता गरेपनि सिमा मा खटिएका सशस्त्र प्रहरीहरूको मिलोमतोमा रातिको समयमा तस्करहरुले खेतको बाटो प्रयोग गरेर सामानहरु भित्राउने र आवतजावत गर्ने क्रम रोकएको छैन भने सिमाक्षेत्रमा हुँदै आएको तस्करी समेत रोकिएको छैन ।
मदार बाबा मेला गर्न आएका टाढा टाढाबाट भारतीय श्रद्धालुहरूलाई नेपाल भारत सिमामा खटिएको सशस्त्र प्रहरी सिमाबाट श्रद्धालुलाई फिर्ता पठाइएको छ भने सिमा मा खटिएको सशस्त्र प्रहरीलाई तस्करहरूले केही रकम दिई रातीको समयमा सिमा क्षेत्र बसेका भारतीय र नेपाली तस्करहरुले गुठी परसौनी सशस्त्र प्रहरी विअोपि केम्प देखि करिब दुइ सय मिटर पछाडि तस्करहरूले खेतको बाटो प्रयोग गरि सिमा मा खटिएका सशस्त्र प्रहरीलाई केही रकम दिएर तस्करहरूले भारतीय बजारका कुखुरा, हार्डवेयरका समान, कस्टमेटिक सामान , कपडा, साडी, टायल र चिनी जस्ता मालसामानहरू तस्करले सिमा मा खटिएका सशस्त्र प्रहरीलाई लाइन दिएर रातिको समयमा बेराेकटाेक अाेसारेकाे स्थानीयकाे भनाइ छ । स्थानीयवासी भन्छन्, तस्करले सामान ल्याउने लैजाने कुनै निश्चित समय छैन, जुनसुकै बेला पनि साइकल, माेटरसाइकलमा अाेसारपसार गरेका छन् ।
स्थानीयवासी भन्छन्,सिमामा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेपनि तस्करहरूले केहि प्रलोभन दिएपछि ओसारपसार हुंदा सुरक्षा निकाय माैन बसेकाे देख्दा दिक्क लागेकाे छ।