भुताहामा स्थानियले भारतीय मोटरसाइकल सहित एक अपरिचित व्यक्तिलाई समातेर प्रहरीमा बुझाए
प्रकाश न्यौपाने
नवलपरासी ३ बैशाख – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ भुताहामा स्थानीयले एक अपरिचित व्यक्तिलाई समातेर प्रहरीलाई बुझाएका छन् । लकडाउनको समयमा पनि भारतिय मोटरसाइकल लिएर आएका ति अपरिचित व्यक्तिलाई स्थानियले भुताहा भानुनगर चौकमा समातेको स्थानिय भिम प्रसाद खनालले जानकारी दिनुभयो । उहाँका अनुसार लकडाउनको बेलामा समेत भारतीय मोटरसाइकलहरुको आवातजावत नरोकिएको बताउनुभयो ।