गजल : कुनै दिन म धनी भए यो सन्सार तिमीलाई …

0

 

कुनै दिन म धनी भए यो सन्सार तिमीलाई।
लालि सिफोरा घडी रोलेक्स उपहार तिमीलाई।।

बल्ल छोरो वर्षिको छ कमसेकम दुई त पुगोस्।
छिटो घर आउनुस भन्छ्यौ, कस्तो हतार तिमीलाई।।

सुन बरु त्यो लकरको छुट्टै अर्को चाबी बनाउ।
अचानक म केही भए जिउने आधार तिमीलाई।।

हिड्न बन्द गर प्रिय कोमल पाउमा धुलो लाग्ला।
म पठाइदिन्छु टेस्लाको एउटा कार तिमीलाई।।

हुन त सपना केबल सपनै होला तर जे होस।
कस्तो लाग्यो त डार्लिङ मेरो बिचार तिमीलाई ।।setomasi

You might also like