बैंकर्स एशोसिएशन बर्दघाटको अध्यक्षमा भारती निर्वाचित

0

नवलपरासी : बैंकर्स एशोसिएशन बर्दघाटको अध्यक्षमा एनएमबी बैंक बर्दघाट शाखा प्रबन्धक रामकुमार भारती निर्वाचित हुनुभएको छ । एशोसिएशनको भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा गणेश बहादुर पछाई(प्रभु बैंक) सचिवमा नारायण विश्वकर्मा(ज्योति विकास ) कोषाध्यक्षमा विष्णु श्रेष्ठ(बेष्ट फाइनान्स) सदस्यमा रक्षक भण्डारी(कामना सेवा ) कमल पौडेल(सिद्धार्थ बैंक) संगम जि.सी.(ग्लोबल आई.एम.ई.) हिरामणि पराजुली (गरिमा विकास) टुल्क प्रसाद काफ्ले (प्राईम बैंक) रामचन्द्र कडरिया (एन.आई.एम.बी.) र मनोज ज्ञवाली (सिटिजन्स बैंक) रहनुभएको अध्यक्ष भारतीले जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष भारतीले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्याहरुको समाधान र यस क्षेत्रलाई थप मर्यादित बनाउनको लागि आफुले सक्दो प्रयत्न गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।बर्दघाट नगरक्षेत्रमा २३ बढी बैंक तथा वित्तीय संस्था क्रियाशील छन् ।

You might also like