प्रकोप ब्यवस्थापन कोषमा कार्कीद्धारा सहयोग रकम प्रदान

बढ्दैछन प्रकोप ब्यवस्थापन कोषमा मनकारीहरुको संख्या

0

नवलपरासी १९ चैत्र – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले ब्यवस्था गरेको प्रकोप ब्यवस्था कोषमा दाताहरुको संख्या बृद्धि हुदैं गएको छ । कोषमा स्थानीय संघसंस्थाहरुसंगै ब्यक्तिगत मनकारीहरु समेत बृद्धि हुन थालेका छन् । कोषमा के कसरी सहयोग गर्ने भन्ने बारे बिभिन्न सामाजिक संघसंस्था तथा ब्यक्तिहरले समेत छलफल तथा अन्तरक्रिया तीब्र बनाएसंगै बर्दघाटका बिभिन्न वडावासीले आफू सक्दो सहयोग गर्न थालेका हुन । सोहीक्रममा बर्दघाट १३ निवासी समाजसेवी मनोज कुमा।र कार्कीले रु ११ हजार प्रकोप ब्यवस्थापन कोषमा प्रदान गर्नुभएको छ । यस अघि नव जिवन मावि बर्दघाट ४, दिब्यज्योति मावि बर्दघाट – २ चिसापानी , शान्ति निकुञ्ज गौमाता गौतम मावि बर्दघाट ५ र राष्ट्रिय मावि जिमिरेभारले ले २५÷२५ हजार कोषमा हस्तान्तरण गरेका छन् । त्यस्तै नगरले एन आई सी एशिया बैक बर्दघाट शाखाको प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ८३४१४९८४८२५२४००७ को ब्यवस्था गरेको छ ।

You might also like