एशियाली ब्राण्डका लागि प्रभावकारी सेवा विस्तारमा ग्रामीण साकोस ( फोटो फिचर )

0

बर्दघाट – ग्रामीण साकोसले एसियालीस्तरको एक्सेस ब्राण्डका लागि आफनो सेवाको गुणस्तर प्रभावकारी रुपमा अगाडि बढाउदै लगेको छ । लगातार पांच पटक नेपालस्तरको प्रोब्यासन ब्राण्ड प्राप्त यस सहकारी गतबर्ष प्रदेशको उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको थियो ।

यस सहकारीमा साउन २८ गते एक्सेस ब्राण्डका लागि अन्तिम लेखापरिक्षण समेत गरिएको छ ।
एसियाली ऋण महासंघबाट सुपरिबेक्षकका रुपमा आउनुभएका कामोन हो र नेफ्स्कुनका प्रेम वाग्ले सहितको टोलीले साकोसको अनुगमन तथा सुपरिबेक्षण गरेको जनाइएकोछ ।


शुद्ध संस्थागत पँुजी, वचत तथा ऋणको अनुपात ,खर्च अनुपात र संस्थाको दिगोपन लगायत ८६ सुचक पार गरेपछि एसियालीस्तरको ब्राण्ड दिने गरिन्छ ।

ग्रामीण साकोसको आर्थिक बर्ष ०७५÷०७६ सम्म ५ करोड १२ लाख शेयर पुजी, ३५ करोड ९४ लाख ८२ हजार ८३३ श्रपैया वचत १ करोड ७१ लाख २५ हजार ५८५ रुपैया मुनाफा गरेको बताइएकोछ ।

साकोसका ब्यवस्थापक अनन्त पाण्डेका अनुसार संस्थका ७ हजार १ सय ८६ जना शेयर सदस्य र १६ जना कर्मचारी कार्यरत छन ।

संस्थाले बर्दघाट ७ जिमिरेभारमा करिब ८५ लाख रुपैयमा आफ्नै केन्द्रीय कार्यालय निर्माण गरिरहेको अध्यक्ष रविन्द्र बिक्रम हमालले जानकारी दिनुभयो । तीनवटा सहकारीबचि एकीरकण सम्पन्न गरेको ग्रामीणले भवन निर्माणको ९५ प्रतिशत भन्दा बढी काम सम्पन्न गरेको छ ।

त्यस्तै साकोसको सचेत महिला समुहले जनचेतना बृद्धि सहितका कार्यक्रम गर्दै आएको छ ।

साकोसको उत्पादन समुहले बर्दघाट ७ बेलाहानीमा अत्याधुनिक प्रबिधि सहितको ब्यवसायिक तरकारी खेती शुरु गरेको जनाइएको छ ।

यो फोटो फिचर हामीले रामप्रसाद पौडेलको सहयोगमा तयार गरेको हौं – सं

You might also like