किट नहुँदा चितवनकाेे प्रयोगशाला एक सातादेखि बन्द

0

चितवन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवनमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) भनेर काम नलाग्ने पिसिआर रिएजेन्ट पठाएपछि त्यसलाई फिर्ता पठाउने भको छ। चितवनमै कोरोना भाइरसको परीक्षण प्रयोगशाला स्थापना भए पनि मन्त्रालयबाट काम नलाग्ने पिसिआर पठाएकोले फिर्ता पठाउन लागेको प्रयोगशालाले जनाएको छ।

‘हामीलाई आरडिटी भनेर पिसिआर रिएजेन्ट पठाएको रहेछ,’ प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले भनिन्, ‘त्यो पनि पूरा नआएकोले हामीले फिर्ता पठाउँदै छौँ।’ मन्त्रालयबाट झुक्किएर प्रयोग नहुने खालको कीट पठाएको हुन सक्ने उनले बताइन्।

‘कीट पठायो, तर प्रयोग नहुने खालको कीट पठाएको रहेछ,’ उनले भनिन्, ‘कीट चितवन आइपुगेपछि मन्त्रालयबाटै फोन आएको थियो, कीट कसरी पुग्यो भनेर, त्यसैले हामी फिर्ता पठाउँछौँ।’ नेपालमै कीटको अभाव भएकोले मन्त्रालयले समयमा कीट पठाउन नसकेको प्रतिकृया दिएको मन्त्रालयको भनाइ उदृत गर्दै डा अधिकारीले जानकारी दिइन्। ‘हामीले अहिले पनि एक महिनाको लागि भनेर एक हजार २०० थान कीटको माग गरेका छौँ,’ उनले भनिन्।

यसअघि पहिलो पटक पठाएको ३८३ थान कीट सकिएपछि थप ४०० थान कीट माग गर्दा जम्मा १०० थान कीट पठाएको थियो। डा अधिकारीका अनुसार १०० थान कीटले चितवनमा जम्मा दुईदिन मात्रै परीक्षण गर्न पुग्छ। प्रयोगशाला स्थापना भएको एक महिना पुग्नै लाग्दा हालसम्म दुईपटक गरेर जम्मा ४८४ वटा मात्रै पिसिआर कीट चितवन आएको छ। ‘चितवनमा दैनिक सरदर ४० देखि ५० वटा कीट खपत हुन्छ,’ उनले भनिन्, ‘त्यसैले हामीले बढी नै कीट माग गर्ने गरेका छौँ, तर मन्त्रालयबाट नेपालमै कीट अभाव भएको बताएको छ।’

कोरोना भाइरस परीक्षणको लागि पिसिआर रिएजेन्ट नहुँदा करिब एक हप्तादेखि चितवनमा स्थापना भएको कोभिड–१९ परीक्षण प्रयोगशाला बन्द भएको छ। भाइरस परीक्षण गर्ने कीट सकिनुभन्दा अगाडिदेखि नै स्वास्थ्य मन्त्रालयसँग माग गर्दै आए पनि हालसम्म नपठाउँदा प्रयोगशालाको काम नै रोकिएको प्रयोगशाला प्रमुख डाअधिकारीले जानकारी दिइन्। चितवनमा गत चैत २४ गतेदेखि उक्त प्रयोगशाला सञ्चालनमा आएको हो। तर, कीट अभाव भएपछि चितवबाट संकलन भएका नमुना परीक्षणको लागि बाहिरी जिल्ला पठाउन बाध्य भएका छन्।

१४ वटा नमुना संकलन
सोमबार पनि चितवनमा १४ वटा नमुना कोरोना परीक्षणको लागि संकलन भएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार भरतपुर अस्पतालको ९, चितवन मेडिकल कलेजको ३ र गुञ्जमानसिंह अस्पतालको दुई गरी १४ वटा नमुना संकलन भएर प्रयोगशाला पठाइएको छ। daunnenews

You might also like