कोरोना परिक्षणका लागि १ सय ७२ जनाको स्वाब संकलन

0

नवलपरासी, वैशाख २९ । पश्चिम नवलपरासीका स्थानिय तहमा रहेको क्वारेन्टाइनबाट सोमबार १ सय ७२ जनाको नमुना स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले दिएको जानकारी अनुसार सुस्तामा सबैभन्दा बढी ७४ जनाको स्वाब संकलन गरिएको छ । यस्तै प्रतापपुर र पाल्हीनन्दन गाँउपालिकामा ३१–३१ जना र सरावलमा १५ जनाको स्वाब संकलन गरिएको छ ।

यस्तै सुनवलमा ११ र बर्दघाट नगरपालिकाको क्वारेन्टाईनमा रहेका मध्ये १० जनाको स्वाब संलकन गरिएको उहाँले बताउनुभयो। उनीहरुको स्वाब परिक्षणका लागी टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको हो । त्यस्तै जिल्लाभरका १४ क्वारेन्टाईनमा कुल २ सय १७ जना रहेको तथ्याङ्क छ ।

You might also like