समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बिद्यार्थीलाई अभिमुखीकरण

0


बर्दघाट २६ फागुन – पश्चिम नवलपरासीस्थित ईलाका प्रहरी कार्यालय बर्दघाटले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बिद्यालय सम्पर्क कार्यक्रम सम्पन्न गरेको छ । प्रहरीले आइतवार न्यु लाइफ माविका बिद्यार्थीहरु लाई लक्षित गरी कार्यक्रम गरेको हो । कार्यक्रममा लागु औषध दुब्र्यशनको प्रयोग र यसबाट बच्ने उपाय ,सामाजिक संजाल दुरुपयोग र सडक दुर्घटनाका बिषयमा बिद्यार्थीहरुलाई प्रशिक्षित गरिएको थियो । सो अभिमुखीकरणमा ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख तथा प्रहरी निरिक्षक बुद्धि सागर पुरीले सहजीकरण गर्नुभएको थियो ।

You might also like