लकडाउनको समयमा महंगी, बजार अनुगमन भएन

0

प्रकाश न्यौपाने
नवलपरासी २५ चैत्र – बर्दघाट नगरपालिका वडा नम्बर १० निवासी गंगा अर्यालले चैत २३ गते दुई किलो आलु प्रति केजी ५५ रुपौयामा किन्नु भयो । सोही दिन बर्दघाट ९ निवासी सुर्या नारायण पाठकले आलुलाई प्रति केजी ५० रुपैयामा किन्नु भयो । अहीले बर्दघाट नगरपालिका भित्र आलु प्रति केजी रु ४५ देखी ६५ सम्म उपभोक्ताले किन्ने गरेका छन् । यति हुदा पनि नगर भित्र बजार अनुगमन भएको छैन ।
नवलपरासी उद्योग बाणिज्य संघ र सुनवल उद्योग बाणिज्य संघले जिल्ला र नगरसंग समन्वय गरेर काम गरिरहदा बर्दघाट उद्योग बाणिज्य संघले भने नगरपालिकासंग मिलेर काम गर्न खाज्दा समेत नगरपालिकाले पास नदिएको संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भयो । न्यौपाने भन्नु हुन्छ – ‘धेरै पटक नगर भित्रको बजार अनुगमन गर्नका लागी हामीले पास मागौं तर नगरपालिकाले हामीलाई पास दिए । पास दिए स्थानिय सरकारलाई सहयोग गर्दै हामीले पनि बजार अनुगमन गथ्यौं । ’
त्यस्तै उद्योग वाणिज्य संघका अध्यक्षले नगरपालिकाले पास नदिएको बताए पनि बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालले अनुगमन गर्न र आपुर्तिमा सहयोग गर्छौ भन्दै उद्योग बाणिज्य संघबाट पास माग्न नगरपालिकामा कोही पनि नआएको बताउनु भयो । नगर प्रमुख बस्याल भन्नुहुन्छ – ‘पास माग्न आउनु प¥यो नी माग्न आए बर्दघाट नगरभित्र त हामीले समन्वय गरिहाल्छौ ।’ महड्डी बढेको जन गुनासो अलि अलि आइरहेको बताउदै मेयर बस्यालले उपमेयरलाई अनुगमनमा खटाउने बताउनु भयो । अहीले नगर भित्र उपमेयरको संयोजकत्वमा अनुगमन समिति रहेको छ । बर्दघाट नगरपालिकाकी उपमेयर मायादेवी पौडेलले अब बजार अनुगमन गरीने बताउनु भयो । उपमेयर पौडेल भन्नुहुन्छ – ‘अस्ती बजार अनुगमन गर्ने भन्ने कुरा भएको थियो, आज बैठक छ आजको बैठकमा कुरा राखेर छुटटै अनुगमन गरीने बताउनु भयो ।

You might also like