बर्दघाटमा दोस्रो चरणको राहत ३६२७ परिवारले पाए , नाकामा ८३ जना श्रमिकले खाना खाए

0

नवलपरासी १२ बैशाख – बर्दघाट नगरपालिकाले दोस्रो चरणको राहत सामाग्री ३ हजार ६ २७ परिवारलाई वितरण गरेको छ । १६ वटै वडाका ती अतिबिपन्न परिवारको तथ्याँक संकलन गरी नगरले खाद्यान्न बितरण गरेको हो । नगरले पहिलो चरणमा २ हजार ६ सय २१ परिवारलाई राहत प्रदान गरेको थियो । पालिकाले बनाएको मापदण्ड अनुसार चामल,दाल,तेल र नुन ती परिवारले पाएका हुन ।

त्यस्तै प्रदेशको पुर्वी प्रबेशद्धार बर्दघाट प्रबेश गर्ने ८३ जना मजदुरलाई शुक्रवार त्रिवेणीचोकमा खाना खुवाएर गन्तब्यतर्फ पठाइएको छ । नगर प्रमुख धीरज शर्मा बस्यालका अनुसार ८३ जना प्रदेशको नाका प्रबेश गर्नेहरुलाई खाना खुवाइएको हो । बर्दघाट नगरपालिकाले नाकामा खाना पानी तथा खाजाको ब्यवस्था गर्दै आएको छ ।

You might also like