सामुदायिक बिद्यालयको स्तरोन्नतिका लागि नगरपालिका सदैब तयार : नगर प्रमुख बस्याल

0

नवलपरासी ११ साउन : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगर भित्रका २९ जना विद्यार्थीहरुलाई जनही १० हजारका दरले आइतवार छात्रबृत्ति प्रदान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख धिरज शर्मा बस्यालले हरेक बर्ष नगर भित्र रहेका १६ वटै वडा बाट प्रतिनिधित्व हुनेगरी गरिव तथा जेहन्दार विद्यार्थी छनोट गरी सोहि अनुसार छात्रबृत्ति रकम वितरण गर्ने गरिएको बताउनुभयो ।
नगर प्रमुख बस्यालले सामुदायिक बिद्यालयहरुको स्तरोन्नतिका लागि नगरपालिका सदैब तयार रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले छात्रबृत्ति रकम थोरै भए पनि यसले विद्यार्थीहरुलाई थप लगनशिल बन्न प्रेरित गर्नेमा आफु आशावादी रहेको बताउनुभयो ।
कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यको अध्यक्षता, नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता र शिक्षा शाखाकी दुर्गा सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

You might also like