सुनवल जेसिसद्वारा सचेतना कार्यक्रम
अमृता सुनार
सुनवल- पश्चिम नवलपरासीको सुनवल क्षेत्रमा समुदाय स्तरमा कोरोनाको संक्रमणको त्रास देखिएपछि सुनवल जेसिस को पहलमा बुधवार सुनवल चोकमा निशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ । जेसिजले करिब ५ सय मास्क निशुल्क वितरण गरेको हो । कोरोना भाइरसले जनजीवनलाई आतंकित बनाईरहेको बेला सुनवल जेसिजले यस प्रकारको काम गरेर सजग रहन र सतर्क रहनका लागि संदेश समेत दिएको छ । पछिल्लो समयमा लकडाउन खुकुल्लो भए संगै ब्यापार व्याबसायहरु खुल्न थालेको र बजार क्षेत्रमा भिडभाड संगै कोरोनाको संक्रमण पनि समुदाय स्तरमा देखिएपछि रोकथाम तथा नियन्त्रणका लागी सचेतना कार्यक्रम आयोजना गरेको सुनवल जेसिसले जनाएको छ ।