लकडाउनको अवज्ञा गर्ने १४ मोटरसाइकल प्रहरी नियन्त्रणमा

0

सहबान अन्सारी
बेलाटारी ४ बैशाख – पश्चिम नवलपरासीमा लकडाउनको अवज्ञा गर्ने दर्जन भन्दा बढी सवारी साधन ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको छ । लकडाउन शुरु भएको दिन देखी उल्लङ्घन गर्ने कुल १४ वटा मोटरसाईकल नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक खुमानन्द पाण्डे जानकारी दिनु भयो। चैत ११ गतेबाट शुरु भएको लकडाउनमा अटेर गर्दै केही सवारी साधन प्रयोग भईरहेको हुदाँ प्रहरीले सक्रियता देखाएको हो । त्यस्तै ९ वटा सवारी साधनहरुलाई लकडाउनको अवज्ञा नगर्ने सर्तमा सवारी धनीलाई बुझाईएको छ ।
यसै गरि लकडाउनको अवज्ञा,तस्करी,लगायत बिभिन्न आरोपमा करिब ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाही गरेको छ । त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुलाई सुरक्षा ब्यवस्थामा खलल् पुर्याएको ३ जना र लागु औषधमा ४ जनालाई मुद्दा दर्ता गरिएको पाण्डेले बताउनु भयो ।

You might also like