क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुलिङ समापन (फोटो फिचर)
नीति कार्यक्रम र कार्यदिशाको अनुसन्धान गर्दै महाधिवेशन सम्पन्न गर्ने पुर्व तयारी
रुपन्देही – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागको आयोजनामा जारी केन्द्रीय महाधिवेशन आयोजक समितिको ६ दिवशीय केन्द्रीय स्कुलिङ कार्यक्रम शुक्रवार समापन गरिएको छ ।
रुपन्देहीको देवदह–६ को तमु समाज हलमा आइतवारबाट शुरु भएको कार्यक्रम शुक्रवार एक समारोहबीच समापन भएको पार्टीले जनाएको छ ।
पार्टीको पाँच नम्बर प्रदेश संगठन समिति र चार नम्बर प्रदेश संगठन समिति अन्तरगतका बिभिन्न जिल्लाहरुमा कार्यरत केन्द्रीय महाधिवेशन आयोजक समितिमा आबद्ध नेताहरुका लागि संयुक्त रुपमा स्कुलिङ कार्यक्रम आयोजना गरिएको थियो ।
समापन कार्यक्रममा केन्द्रीय कार्यालय सदस्य तथा केन्द्रीय कार्यालयका सचिव बसन्तको अध्यक्षतामा केन्द्रीय कार्यालय सदस्य तथा स्कुलिङ बिभाग प्रमुख राजबीरको प्रमुख आतिथ्यतामा भएको थियो । स्कुलिङमा केन्द्रीय कार्यालय सदस्य तथा प्रबक्ता कञ्चन ,केन्द्रीय कार्यालय सदस्यहरु प्रीतम , प्रबीर , दीपक र भीषण, सचिवालय सदस्यहरु गति, निखिलेस र हुकुमलगायतले कक्षा संचालन गरेको केन्द्रीय कार्यालय सदस्य तथा पाँच नम्बर ईन्चार्ज प्रमोदले जानकारी गराउनुभयो ।
पार्टीका नीति कार्यक्रम र कार्यदिशाको अनुसन्धान गर्दै महाधिवेशन सम्पन्न गर्ने पुर्व तयारी स्वरुप देशैभर पार्टीले स्कुलिङ गर्दै आएको उहाँको भनाई थियो । कार्यक्रममा दर्शनशास्त्र, अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलन, वैज्ञानिक समाजवाद , राजनीतिक अर्थशास्त्र , सैन्य बिज्ञान, कला तथा सौन्र्दयशास्त्र , बिज्ञान र प्रबिधि , पार्टी संगठन परिचालन, राजनैतिक कार्यदिशा, लगायतका विभिन्न विषयमा कक्षा संचालन गरिएको आयोजकले जनाएको छ । ६ दिन निरन्तर रुपमा संचालन भएको स्कुलिङ ४२ घण्टाको पिरियड रहेको थियो ।