जिसन नवलपरासीमा नयाँ नेतृत्व

0

बर्दघाट – शैक्षिक ऐक्यवद्धताको समुह नेपाल (जिसन) नवलपरासीको १६ औँ वार्षिक साधारण सभा तथा ८ औँ अधिवेशन नवलपरासीको सुनवलमा सम्पन्न भएको छ । अधिवेशनले धनराज चापागाईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा सन्तोष रौनियार, उपाध्यक्षमा डम्मर गुरुङ्ग, सचिवमा दिपक पौडेल, सह सचिवमा डि वि क्षेत्री, कोषाध्यक्षमा थमन शेरचन र सह कोषाध्यक्षमा कृष्ण प्रसाद शर्मा चयन हुनुभयो । नवनिर्वाचित समितिको वरिष्ठ सदस्यहरुमा श्रीधर तिवारी र मोहन सिँह बाकावल यस्तै सदस्यहरुमा विष्णु प्रसाद चौधरी, यज्ञ प्रसाद न्यौपाने, सँजय ढुँगाना र बलिराम यादव चयन हुनुभएको छ । सम्पन्न अधिवेशनले विनिराम भुसालको सँयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ जसको सदस्यहरुमा भगवन्त प्रसाद धवल र दिपक बराल रहनुभएको छ । अधिवेशन पूर्व खुल्ला सत्रमा प्रमुख अतिथी सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापाले शुभकामना मन्तब्य राख्दै समाज परिवर्तन र समृद्ध नगरको लागि शिक्षा आवश्यक हुने बताउनुभएको थियो । उहाँले अहिले शिक्षा क्षेत्रमा कानुन बल्झिएकोले कार्यन्वयन गर्न गाह्रो परेको बताउँदै शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको औल्याउनुभयो । त्यस्तै प्याब्सनका केन्द्रिय सदस्य याम बहादुर थापाले निजि क्षेत्रको सँस्थागत विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै सरकारले निजि क्षेत्रका विद्यालयलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक हुन नसकेको गुनासो गर्नुभएको थियो । जिसन अध्यक्ष इन्द्र बहादुर गुरुङ्गले सरकारी क्षेत्रबाट निजि विद्यालय उपेक्षित गरेको आरोप लगाउनु भएको थियो । साधारण सभामा प्याब्सनका पूर्व केन्द्रिय सदस्य राम प्रसाद पाण्डे, जिसनका वरिष्ठ सल्लाहकार डि.वि अधिकारी, वरिष्ठ उपाध्यक्ष धनराज चापागाई लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । जिसन नवलपरासीमा बर्दघाट सुस्ता पूर्व र पश्चिमका गरि ४६ निजि विद्यालय आवद्ध रहेको जिसन कार्यालय सचिव गणेश न्यौपानेले जानकारी दिनुभयो ।

You might also like