रुकुम घटनामा संलग्न दोषी उपर कारवाही नभए संर्घषमा उत्रिने क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीको चेतावनी

0

नवलपरासी १६ जेठ –

नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले रुकुम घटनामा संलग्नहरु माथि कानुनी कारवाही नभए संघर्ष गर्ने चेतावनी दिएको छ ।

सो पार्टीका जिल्ला सेक्रेटरी चोलाद्धारा शुक्रवार जारी बिज्ञप्तिमा उक्त चेतावनी दिएको हो । बिज्ञप्तिमा भनिएको छ – कम्युनिष्टको नाममा सत्तासीन सरकारले छानविन गरेजस्तो गर्ने र अन्ततः उनै कथित उपल्ला जातिको कर्तुतलाई ढाकछोप गरी मुद्दालाई किनारा नलगाईकनै बेवारिश छाडिदिन सक्ने सम्भावनाप्रति सचेत रहँदै देशव्यापी रूपमा सङ्गठित र सशक्त प्रतिरोधका निमित्त अग्रसर हुन तमाम जनसमुदाय हरूलाई हामी हार्दिक आह्वान गर्दछौँ ।”

You might also like