कोरोना महामारीबीच समाजवादीलाई सभाको मोह

0

कात्तिक ३/वीरगञ्ज :

समाजवादी पार्टीले सोमबार र मंगलबार आयोजना गर्न लागेको कार्यक्रम रोक्न माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्। पटक-पटक कार्यक्रम नगर्न आग्रह गर्दासमेत नमानेपछि सखुवा प्रसौनीका स्थानीयवासीन्दाले जिल्ला प्रशासन कार्यालयलाई नियम मान्न र कार्यक्रम स्थगन गराउन ज्ञापन पत्र बुझाएका हुन्।

कोरोना महामारीको हटस्पट बनेको वीरगञ्जमा अहिले जाँचलाई खुकुलो बनाएर निषेधाज्ञा हटाइएको छ। निषेधाज्ञा हटाए पनि संक्रमितको संख्या कम भइनसकेको अवस्थामा पूर्वप्रधामन्त्री बाबुराम भट्टराई र समाजवादीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा पर्साको विन्दवासनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र ठोरी गाउँपालिकामा भोलि २६ र पर्सि २७ गते पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ । ९ दिन अगाडि मात्रै वडा नम्बर १ कै कार्याक्रमस्थल नजिकै ६० वर्षका उत्तमकुमार चौधरीको कोरोना संक्रमणले मृत्यु भएको थियो।

अहिले सोही टोलका ३ जना कार्यक्रमस्थलको अर्कोपट्टी रहेको श्री भोलेशंकर निम्न माध्यमिक विद्यालयको आइसोलेसनमा राखिएको छ।

तथापि, गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले पार्टी प्रवेशको कार्यक्रम गराउन लागेको स्थानीयको आरोप छ। प्रमुख जिल्ला अधिकारी आसमान तामाङले महामारीको बेला सरकारले दिएको मापदण्ड पालना गराउने र कुनै पनि त्यस्तो सभा सम्मेलन हुन नदिने बताएका छन्।..Thaha khaber

 

You might also like