जातीय बिभेद बिरुद्ध बहस कार्यक्रम

0

दाङ – जातीय बिभेद बिरुद्ध नागरिक बहस कार्यक्रम भएको छ । कार्यक्रममा रुकुम घटना मानवता बिरुद्धको घटना भएको भन्दै सरोकारवालाले दलहरुसंग सबाल उठाएका थिए ।


कार्यक्रममा सञ्चालन निर्मल नेपाली , निर्मला गुप्ता नेपाली ,कार्यक्रम , खेम राज बि कले सबाल उठाउृनुभएको थियो । कार्यक्रममा उठेका प्रस्नका जवाफ दिन राजनीतिक दलका नेताहरूलाई हम्मेहम्मे परेको थियोे ।पार्टीका मुख्य नेतृत्व लाई आमन्त्रण गरिएको कार्यक्रममा राजनीतिक दलले झारा टार्न किसिमले सहभागी हुन पठाइएको आभास कार्यक्रमका सहभागीले टिप्पणी गरेका थिए । दलित जातिका अधिकार का बारेमा ठुला पार्टी जिम्मेवार नरहेको सहभागीहरुले गुनासो गरेको थिए ।पश्चिम रुकुममा भएको जातिय हिङ्सा बाट उत्पन्नभएको हत्याकाण्ड भएको कुरामा सबै राजनीतिक दल सहभागी एक मत भएका थिए ।हरेक राजनीतिक आन्दोलनमा दलितजातिहरुको महत्त्वपूर्ण भुमिका रहेको तर जातिय उत्पिडन अत्य नभएको धारणा राखेका थिए । रुकुम घटनाका दोषीहरूलाई हदैसम्मको सजाय हुनुपर्ने माग उपस्थित सबैले सहमत भएका थिए। कार्यक्रममा ने क पा का सचिवालय सदस्य पदम के सी,नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति जगत बहादुर खडका ,जनता समाजबादी पार्टीका उपाध्यक्ष मोहन वली रा प्र पा का हंशराज के सी, ने क पा (क्रान्तिकारी माओबादी) सचिवालय सदस्य इश्वरी प्रसाद गैरे ,मानबअधिकार शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेत ,अधिवक्ता रबिन्द्र शर्मा ले सहभागीहरुले उठाएका सवालहरुको जवाफ दिनु भएको र जातीय बिभेदका बिरुद्ध सिङ्गो पार्टी आन्दोलनमा सधैं रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।त्यस्तै ने क पा का सचिवालय सदस्य पदम के सी ले सोती घटनामा पार्टीका केही नेताले दोहोरो भुमिका निभाएको भन्दै पार्टी ले उहाँ हरुको ब्यक्तिगत बिचार भएको बिचार राख्दै पार्टीको तर्फबाट अदालतलाई प्रभाब पार्ने कुनैपनि कृयाकलाप नगरिने दोषीहरुलाई कानुन बमोजिम सजाय हुनुपर्नेमा कुनै सङ्का नगर्न आग्रह गर्नुभयो ।
नेपाली काङ्ग्रेस का क्षेत्रीय सभापति जगत बहादुर खड्काले सोती घटनाको बारेमा हाम्रो मोर्चा सङ्घर्षमा रहेको र पार्टीको समर्थन रहेको बताउनुभयो । जनता समाजबादी पार्टीका दाङ उपाध्यक्ष ले हाम्रो पार्टीको तर्फबाट सडक सदन दुई ठाउमा कुरा उठाएको र दलित भन्ने शब्द नै हटाउनुपर्ने बिचार राख्नुभयो ।
रा प्र पा दाङका अध्यक्ष हंशराज के सी ले रा प्र पा सोती घटनाको बिषयमा गम्भीर रहेको र यस हत्याको बिषयमा अध्ययन गरिरहेकाले र सधैं दलित अधिकारको साथमा रहने कुरा राख्नु भयो ।
त्यस्तै ने क पा (क्रान्तिकारी माओबादी( सचिबालय सदस्य तथा तुलसीपुर नगर सेक्रेटरी ईश्वरी प्रसाद गैरेले सबै राजनीतिक दलको घानमा आफूहरुलाई नलिन आग्रह गर्दै पार्टीले
तत्काल बिज्ञप्ति जारी गरि सोती घटनाको सत्यतथ्य कुरा सार्वजनिक माग गरेको स्मरण गर्नुभयो ।
उहाँले सिङ्गो पार्टीपङ्ति जनबर्गिय सङगठनलाई सङघर्ष अगाडि बढाउन पार्टीबाट निर्देशन आएकोले सोती घटना जातीय उत्पिडनको दुखद घटना भएको बताउनुभयो ।
विभिन्न दलित समुदायको प्रतिनिधित्व गर्दै सहभागी हुनेहरुमा नारायण परियार , शेर बहादुर परियार ,प्रेम नारायण बि क,मोहन स्वर्णाकार,लिलाधर नेपाली ,प्रकाश सेर्पायली,पोषण सेन्चुरी,सन्तोष चनारा,सन्तोष परियार ,ओमलाल परियार ,दिनेश सेर्पाली,लगायतको सहभागिता रहेको थियोे ।

You might also like