जनयुद्ध र जनआन्दोलनले दलित अधिकार स्थापित : उपाध्याय

0

बर्दघाट – बर्दघाट नगरपालिकामा उपप्रमुख रुद्र प्रकाश उपाध्यायले जनयुद्ध र जनआन्दोलनले दलित अधिकार स्थापित गरेको बताउनुभएको छ ।
बहुमुखी हस्तकला संघको आयोजनामा बर्दघाट–२ चिसापानीमा आयोजित दलित लक्षित कार्यक्रममा बोल्दै उहाँले जनयुद्ध जनआन्दोलनले स्थापित गरेको दलित अधिकारलाई संस्थागत गर्नुपर्ने बताउनुभयो ।
दलितहरुले अधिकार पाएको भएपनि थप संस्थागत गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बर्दघाट–२ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री, बहुमुखी हस्तकला संघकी सुधा पाण्डेलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा दलित अगुवा अकबीर बि.क.लगायतले सहजीकरण गर्नुभएको थियो ।

You might also like