युवा साहित्यकार अविरल सहित ६ स्रष्टा सम्मानित

0

कावासोती ९ कार्तिक – महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जन्मजयन्तीको अवसरमा लक्ष्मी स्मृति साहित्य समाज नवलपुरले दाउन्ने साप्ताहिकका प्रधानसम्पादक तथा साहित्यकार अर्जुन अविरललाई सम्मानित गरेको छ । कार्यक्रममा अविरलसँगै ६ जना स्रष्टालाई सम्मान गरेको थियो । रचना वाचन, स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम कावासोतीको शिव माविमा भएको थियो ।
कार्यक्रममा साहित्य र पत्रकारितामा लागेर योगदान पु¥याएकोमा कावासोतीबाट अर्जुन अविरल र गैडाकोटबाट सुजन अधिकारीलाई लक्ष्मीप्रसाद देवकोटा एवं नन्दकला स्मृति सम्मान गरिएको हो ।
त्यसैगरी साहित्यमा योगदान पु¥याए वापत साहित्यकारहरू भेषराज रिजाल, सरोज उजाड, टिका सापकोटा र वेदप्रसाद शर्मा ढकाललाई लक्ष्मीप्रसाद देवकोटा एवं नन्दकला स्मृति सम्मान प्रदान गरिएको थियो ।
सम्मानित हुनेहरुलाई साहित्यकार एवम् गण्डकी प्रदेश सांसद विष्णु लामिछानेले दोसल्ला ओढाएर सम्मान गरेका थिए । लक्ष्मी स्मृति साहित्य समाज, नवलपुरका अध्यक्ष सदानन्द अभागीको अध्यक्षता भएको कार्यक्रममा साहित्यकार वेदप्रसाद शर्मा ढकालको नयाँ कृति जीवन यात्रा कविता संग्रह विमोचन गरिएको छ । कार्यक्रममा केशवराज आमोदी, गोर्खे साँईलो, दीपक सोती, कृण्णादेवि शर्मा, भगवती अर्याल, लीला राना, लोकनाथ खरेल, काशीराम गैह्रे लगायत करिव ३ दर्जन स्रष्टाले रचना वाचन गर्नुभएको थियो । लक्ष्मीस्मृति साहित्य समाज, नवलपुर एफ.एम. र स्टार टेलिभिजनको संयुक्त आयोजनामा गरिएको कार्यक्रमको सहजीकरण सुदीप चापागाईले गर्नुभएको थियो ।

You might also like