निशेधाज्ञाकाे समयमा बुद्धज्याेति प्रा.बि हात्तिवनमा चाेरी तथा ताेडफाेड

0

उमेश बि.क / नवलपरासी ,८ भदौ

निशेधाज्ञाकाे समयमा अज्ञात समुहद्धारा बुद्धज्याेति प्राथमिक बिद्यालय हात्तिवनमा चाेरी भएको छ । नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ हात्तिवनमा अवस्थित बुद्धज्याेति प्राथमिक बिद्यालयकाे तिनवटा पंका चोरी भएको बिद्यालयका प्र.अ बिनाेद पाण्डेयले जानकारी दिनुभएको छ।

निशेधाज्ञाकाे समयमा अज्ञात समूहले बिद्यालयमा ताेडफाेड गर्नुकाे साथै ढोकाको ताल्चा फुटाएर काेठाभित्रकाे ब्रेन्च ताेडफाेड गरी तिनवटा पंखा चाेरी गरेका हुन । ब्रेन्च ताेडफाेड र पंखा चोरीबाट करिब २० हजार बराबरको क्षति भएको र घटनामा संलग्नको खोजी भइरहेको प्र.अ पाण्डेयले बताएका छन् ।

You might also like