सुनवल नगरपालिकाद्धारा एम्बुलेन्स चालकलाई पिपीई प्रदान

0

सुनवल – सुनवल नगरपालिकाले एम्बुलेन्स चालकहरुलाई प्राइभेट प्रोटेक्सन ईक्युपमेन्ट (पिपीई ) उपलब्ध गराएको छ । कोरोना संक्रमणबाट सुरक्षित रहन सघाउ पु¥याउने उद्देश्यले नगरपालिकाले स्वास्थ्य कार्यालय मार्फत एम्बुलेन्स चालकहरुलाई आईतबार २८ थान पीपीई उपलब्ध गराएको हो । नगर प्रमुख भिम बहादुर थापामा अनुसार नगरपालिका आफैंले पीपीई बनाएको हो । नगर क्षेत्रका सबै स्वास्थ्यकर्मीहरुलाई पीपीई वितरण गरिसकेको नगरले एम्बुलेन्स चालकहरुले पीपीई नहुँदा बिरामी ओसारपसार गर्दा आफूहरु असुरक्षित रहेको गुनासो गरेपछि उक्त सामाग्री उपलव्ध गराएको नगर प्रमुख थापाले बताउनुभयो । स्थानीय स्तरमा बनाइएको पीपीई ५ सय लागतमा तयार गरिएको हो । जिल्लामा २५ वटा एम्बुलेन्स छन् । त्यस्तै स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले अधिकांश एम्बुलेन्स पार्टेसन बिना सञ्चालन गरेको पाइएकाले पार्टेसन गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको बताउनुभयो । त्यस्तै नगरपालिकाले बनाएको पीपीई सुरक्षित रहेको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका मेडिकल सुपरिटेण्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताउनुभयो ।

You might also like