रेडियो दाउन्नेको साधारणसभा सम्पन्न

0

बर्दघाट – दाउन्ने सुचना सहकारी संस्था लिमिटेड बर्दघाट ४ को आठौ बार्षिक साधारण सभा शनिबार बर्दघाटमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले सञ्चार क्षेत्रलाई राज्यले चौथो अंगका रुपमा अगिंकार गरेको र सञ्चार माध्यमको ध्वनी तरंग मार्फत यस क्षेत्रका सर्व साधारण सुशोचित गर्ने माध्यम बनेको रेडियो दाउन्ने यस स्थानमा अग्रणी रहेको दावी गर्दै उहाँले नगरको तर्फदेखी रेडियो संग हातेमालो गर्दै जनतालाई सुशोचित हुने अधिकार प्रदान गर्ने जिकिर गर्नुभयो ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर कार्यपालिकाका प्रवक्ता रविन्द्र विक्रम हमालले सञ्चारको क्षेत्र ठुलो र फराकिलो भएको हुदा सञ्चार माध्यमले सकारात्मक सोचका साथ समाज रुपान्तणमा महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउुभयो । आर्थिक विकास समितिका संयोजक समेत रहनुभएका हमालले यस क्षेत्रको अभिभावकत्व रेडियो दाउन्ने लिएको तर्क गर्दै धेरै सञ्चार गृह र सञ्चारकर्मीहरु उत्पादन गरेको यस संस्था दिगो बनाउन र आर्थिक क्रियाकलापलाई बढाई कार्य योजनाका साथ अगाडी बढ्न ब्यवस्थापन पक्षलाई आग्रह समेत गर्नुभएको थियो । सो अवसरमा रेडियो दाउन्नेका निवर्तमान अध्यक्ष एवं सल्लाहकार डोलराज भण्डारीले रेडियो स्थापना गर्न जटिल कार्य भएपनि आफुले जिम्मेवारी लिदा चुनौती र अवसरको रुपमा लिएको बताउदै यस जिल्लाका सञ्चार प्रेमीहरुको साथ र सहयोगका कारण रेडियो दाउन्नेलाई स्थापित गर्न सफल अनुभव सुनाउनुभयो ।
सभामा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै सामुदायिक रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डेले देशैभरि ३ सय भन्दा बढी सामुदायिक रेडियोहरुको भिडमा रेडियोले आफ्नै पहिचानका साथ स्थापित भई यस क्षेत्रको सञ्चार माध्यमहरुको अभिभावकत्वको जिम्मेवारी बहन गरिरहेको सरकारले अबलम्बन गरेका निति तथा कार्यक्रमको यस क्षेत्रको भौगोलिक विशेषता अनुरुप स्थानिय तहसंगको सहकार्यमा कुरिती र अन्धविश्वासका विरुद्ध शसक्त आवाज उठाउने प्रतिबद्धता जाहेर गर्दै संस्थाको आठौ साधारण सभामा उपस्थिती हुने सबैमा हार्दिक धन्याबाद ज्ञापन गर्नुभएको थियो ।  कार्यक्रममा संस्थाको सांगठनिक प्रतिबेदन सहसचिव विनिराम भुषाल, आर्थिक प्रतिबेदन कोषाध्यक्ष कमला शर्मा बस्याल र लेखा समितिको प्रतिबेदन लेखा संयोजक दिपक ढकालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सञ्चार माध्यमका तर्फदेखी रेडियो दौतरीका अध्यक्ष गणेश पाण्डे शिसम, सम्मानित ब्यक्तित्वको तर्फबट प्रितम भुजेल, सल्लाहकार यम बहादुर थापा, रुद्र प्रकाश उपाध्याय, कानुनी सल्लाहकार आनन्द प्रसाद भुषाल लगायतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा संस्थालाई स्थापित गराउन अहम भुमिका निर्वाह गर्नुहुने निवर्तमान अध्यक्ष तथा सल्लाहकर डोलराज भण्डारी, स्थापनाकाल देखी रेडियोमा कार्यरत प्राविधिक र कार्यक्रम प्रस्तोता जितेन्द्र जानम, समाचार तथा लेखा तथा कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत सुनयना चौधरी, कार्यक्रम प्रस्तोता तथा समाचार बाचिका सम्झना विश्वकर्मा, संवाददाता प्रितम भुजेल, धार्मिक कार्यक्रम प्रस्तोता ब्रह्म कुमारी दर्शनी, समाचार सहकार्य गर्ने खस्यौली एफएम बुटवल, जेष्ठ सेयर सदस्य हिरामणी घिमिरे लगायतलाई प्रसंशा पत्रले सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष नारायण पाण्डेको अध्यक्षता उपाध्यक्ष सरिता खनालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सहसचिव विनिराम भुषालले गर्नुभएको थियो ।

You might also like