बर्दघाट मेलाको ब्यवसायीबाटै बिरोध !

0

फाल्गुन ०६ गते नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको उद्योग बाणिज्य संघ बर्दघाटले बर्दघाटमा मेला लगाउने निर्णय गरेसंगै ब्यवसायीको चर्को बिरोध भएको छ । समाजिक संजालमा अहिले ब्यापकरुपमा मेलाको बिषयमा धेरै कुराहरु आइरहदा उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बिहिबारको बैठकले मेला लगाउने निर्णय गरेको बताउनु भयो । संघका महासचिव गगा पाठकले बर्दघाटमा फाल्गुन १७ देखी २९ गतेसम्म मेला संचालन गर्ने निर्णय भएको जानकारी दिनु भयो । केहि दिन अगाडी उद्योग बाणिज्य संघको टोलि बर्दघाट नगरपालिका र जिल्ला प्रशासन नवलपरासी बर्दघाट सुस्ता लिइसकेको भनिएपनि अहिले सम्म अनुमाती नदिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनु भयो । ” जिल्ला प्रशासनबाट आज सम्म बर्दघाटमा मेला लगाउनका लागि अनुमती दिएको छैन ।” बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठले संघको टोलिसंग नगरमा छलफलभएको बताउनु भयो । ” संघले ब्यवसायीहरुको भेला बोलाइ भेलामा मेला लगाउने बिषयमा व्यापक छलफल गर्नु भनेका हौं । उधोगी र ब्यापारीहरुको सस्था उद्योग बाणिज्य संघले नगरका ब्यावसायीहरुलाई फाइदा हुने गरि मेला लगाउनु पर्ने हुन्छ ।” उद्योग बाणिज्य संघले मेला लगाउने भने पछि मेला लगाउने र नलगाउन बीच बर्दघाटका ब्यापारीहरुमा मतमतान्तर देखिन्छ । नगरमा केहि ब्यापारी साथीहरुले मेला नलाउने बिषयमा समेत कुरा राख्नु भएको बताउदै नगर प्रमुख श्रेष्ठले सबै ब्यापारीलाई आइतबार मेलाको बिषयमा छलफल गर्न बोलाइएको बताउनु भयो । नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नगरले उद्योग बाणिज्य संघको समन्वयमा छुट्याइएको ५ लाख मेलामा खर्च नगरिने बताउनु भयो । ” मेला संघले नै सम्पुर्ण ब्यवस्थापन गर्दा राम्रो हुने सुझाव दिएका छौ। ठेक्का नै दिए पनि मनोरञ्जन कर लगाइनेछ ।” संघका अध्यक्ष न्यौपानेले दुई चार जना फेन्सी ब्यवासायीको बिरोध हो अरु कोहि कसैको बिरोध छैन नभएको बताउनु भयो । बर्दघाटको पहिचानको झल्काउन पनि मेला लगाउनु जरुरी रहेको न्यौपानेको जिकिर छ । तर संघका सस्थापक उपाध्यक्ष यम बहादुर क्षेत्रीले अहिलेको आर्थिक अवस्थाका कारण मेला लगाउनु ठिक नभएको बताउनु भयो । उहाँ भन्नुहुन्छ -” आर्थीक मन्दीमा यो मेला लगाउनु भनेको यहाका लोकल ब्यपारीको छातीमा लात हान्नु हो ।” संघका कोहि पदाधिकारीलाई मेला लगाउदा कमिसन आइरहेको हुनाले संघले मेला लगाउने निर्णय गरेको क्षेत्रीको जिकिर छ । बर्दघाटका स्थानीय ब्यापारी बोधराज खनाल (रोसन)ले अहिलेको समयमा मेला उचित नहुने बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ -” अहिले मेला लगाउदा स्थानिय ब्यापारीको अहितमा छ । त्यसैले मेला हुनु हुदैन !” उद्योमी कुमार आलेले लेख्नु हुन्छ -” राम्रो लग्यो , ब्यापार चौपट छ अलि अलि हुने र भयको पनि बाहिर को ले आयेर लगिदिन्छन , न रहेगा बास नबजेगि बासुरि , आनन्द ।” स्थानीय ब्यवसायी रमेश बस्यालले मेला लगाउन नहुने बताउनु भयो । ” मेला लगाउनु हुदैन यस्तो मन्दिको बेला त्यसै व्यापारी पीडित छन अझै पिडित बनाउनु हुदैन मेला लगाएर !” बस्यालले भन्नुभयो । सुरज पाण्डे भन्नुहुन्छ -“बिदेशि ब्यपारि लाई ,कमाउने भाडो हो ,यो मेला , मेला लगाउन हुदैन ।” साइ कटेजका संचालक बालकृष्ण भण्डारीले समाजिक संजालमा लेख्नु हुन्छ -“उधोग बाणिज्य सघ भनेकै बर्दघाट नगरपालिका का उघोगी ब्यवशायी कारोबारीको हकहितमा काम गर्ने संस्था हो तर याहा…..? तैपनी मैपनी अनी…? सबै खाऊ बाडौ रमाऊ मात्र भयो बन्ने गुनासो आयो हुन १००% हुनिभयो तर सेटिङ्ग मा मात्र….?” स्थानीय ब्यवसायी मोहन सापकोटाले यथास्थितिमा मेला लगाउने निर्णय हुनु बेठिक भएको बताउनु भयो । त्यस्तै बर्दघाट ०४ मा ब्यवसाय गर्ने काशि इन्टरप्राइजेजका सञ्चालक शिब भुसालले अहिलेको परिस्थितिमा मेला लगाउने नहुने बताउनु भयो । उहाँ भन्नुहुन्छ -” यो बर्दघाट उ बा को काम नै येहि हो मेला अरु ब्यापारिको हक मा त के नै गर्ने हुन र ।” सघका निर्वतमान महासचिव दिनेश न्यौपानेले मेला लगाए आफैले लगाउनु पर्ने बताउनु भयो । ” बर्दघाटको बिकासमा मेला लगाउदा आर्थिक चलायमान हुन्छ तर सबै व्यापारी उद्योगीहरुसङ्ग छलफल गरि स्थानीयलाई प्राथमिकता दिइ संघ आफैले मेला लगाउनु पर्छ ।” न्यौपानेले भन्नुभयो । मेलाका नाउमा बाह्या पक्षहरुको बर्दघाटको आर्थिक गतिविधिमा हाबी भएको बताउदै उहाले मेला अरु लाई ठेक्कामा दिनु नहुने जिकिर गर्नु भयो । बर्दघाट बजार बिकास समितिका सदस्य एब दाजुभाइ स्टोरका संचालक गोबिन्द आचार्यले बर्दघाटका ब्यवसायी र उपभोक्ताले केही पाउदैन । स्थानीय बजारको प्रबर्द्धन हुदैन । ब्यक्तिगत रुपमा उबालाइ पैसा आउछ । समानहरु डेटकटेका र कमसल समान आउछ्न । आज देखी हामीले हस्ताक्षर गरि नगरलाई बुझाउने छौं । पन्चनगर बजार बिकास समितिका अध्यक्ष रामजि चापागाईंले मेलाले स्थानीय ब्यवसायीलाई फाइदा नहुने बताउदै मेला गर्ने नहुने बताउनु भयो । ” संघ चुनाब अगाडी नारा मेला बिरोधि चुनाब जिते पछि मेला?लाज लाग्दैन।” चापागाईंले भन्नुभयो । “यदि मेला गर्ने हो भने किन स्थानीय लाई जिम्मा न दिने ।बाहिर को ब्यापारी लाई २५ लाख दिनु भन्दा स्थानीय लाई दियेर तेहि रकम मा कुरा गर्दा उघ्योग वाणिज्य सङ के गारो भयो त ।आखिर येहिको ब्याब्साय मा टेवा पुग्ने न हो।येहि बर्दघाट मा पनि ठुला ठेकेदार छन क्यारे।कि कमिसन माग्न लाज लाग्छ र?सुटुक्क दिउलानी हुन्न र?” ज्यामिरेभार बजार बिकास समितिका अध्यक्ष नरेन थापा (नारायण)ले उद्योग बाणिज्य संघले कुनै पनि बजार बिकास समितिसंग समन्वय नगरेको बताउनु भयो । ” अहिले ब्यवसायीका पिर मर्का एकातिर छन संघले मलम लगाउनु त कहाँ हो कहा झन नुन चुक दल्ने निर्णय गरेछ, अहिले मेला लगाउनु हुदैन ।”

You might also like