विश्व माटो दिवसको अवसरमा कार्यक्रम सम्पन्न(फोटो फिचर)

0

 

बर्दघाट – विश्व माटो दिवसको अवसरमा बर्दघाट नगरपालिका कृषि विकास शाखाले सोमवार कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम पूर्व चिसापानी चोक हुदै नगरपालिका कार्यालय सम्म प्रभातफेरी गरिएको थियो ।

प्रभातफेरी पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले माटो जोगाउनु सबैको कर्तब्य रहेको बताउदै त्यसका लागि नगरपालिकाले बिशेष कार्यक्रम ल्याउने बताउनुभयो ।

उक्त कार्यक्रममा कषि बिज्ञ सल्लाहकार चक्रपाणी पन्थी, कृषकहरु देवी बस्याल , खुमानन्द पन्थलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा माटोको अवस्था बारे कृषि प्राबिधिक राजेन्द्र पन्तले सहजीकरण र कृषि विकास शाखाका जेटीए खुमाकान्त न्यौपानेको संचालन रहेको थियो ।

त्यस्तै स्वस्थ माटोको महत्वमा विश्वको ध्यान केन्द्रित गर्न हरेक वर्षको डिसेम्बर ५ तारिखमा विश्व माटो दिवस मनाईन्छ ।

जमिनमूनिको पानी, कार्बनको भण्डार र वायुमण्डलमा हुने थुप्रै ग्यासहरुलाई स्वच्छ पार्न स्वच्छ माटोको आवश्यकता पर्ने विज्ञहरुको भनाइ छ । तर, जथाभाबी विषादी र रासायनिक मलको प्रयोगले माटो बिग्रन थालेको छ ।

नेपालको खेतीयोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लीय प्रकृतिको रहेको पाइएको छ ।

You might also like