बर्दघाटस्थित पुरानो चौकी प्रांगणमा भएको तीज कार्यक्रम ( फोटो फिचर )

0

लक्ष्मी घिमिरे/सुरज कार्की बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाटमा रहेको स्थानीय पत्र साप्ताहिक र श्रुति संगितालयको संयुक्त आयोजनामा सुगम संगितालयको सहआयोजना बृहत तीज गित प्रतियोगिता एंव विविध सांस्कृतिक कार्यक्रम–२०७६ शुक्रवार पुरानोचौकी प्रागंणमा सम्पन्न भएको छ ।

कार्यक्रमका दर्शकदिर्घामा उभिएका दर्शक


कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि तथा प्रदेशसभा सांसद दिपेन्द्रकुमार अधिकारीले तीज पर्वको संरक्षक आवश्यक रहेको भन्दै तीजलाई जोगाउन आधुनिकताका नाममा हुने बिकृति एंव बिसगंतिका बिरुद्ध लाग्नुपर्नेमा जोड दिनुभयो ।

सांसद अधिकारीले तीजका पुराना भाकाहरु हराउदैं गएको प्रति आफु चिन्तित रहेको बताउनुभयो।

मञ्चमा अतिथिहरु

सांसद अधिकारीले प्रदेश सरकार संस्कृतिको संरक्षणका लागि सधै तयार रहेको उल्लेख गर्दै त्यसका लागि जनस्तरबाट सहयोग हुनुपर्ने बताउनुभयो ।


कार्यक्रममा बर्दघाट नगरपालिकाकी उपप्रमुख एंव कार्यक्रमकी बिशिष्ट अतिथि मायादेवी पौडेलले तीजपर्व महिला अधिकारका लागि समेत महत्वपुर्ण भएको बताउनुभयो । पौडेलले महत्वपूर्ण पर्व तीजमा बिसंगति भित्रिनु राम्रो कुरा नभएको दावी गर्नुभयो ।


कार्यक्रमका अतिथि बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रबक्ता रविन्द्र बिक्रम हमालले तीजपर्वमा जथाभावी कार्यक्रम हुने गरेको बताउदैं स्थानीय पत्र , श्रुति संगीतालय र सुगम संगीतालयले सहकार्य गरेर कार्यक्रम गरेको प्रति सह्राना गर्नुभयो । उहाँले चाडपर्व मनाउने कुराले समाज रुपान्तरणमा समेत ध्यान दिनुपर्ने तर्क गर्दै त्यसतर्फ सबैको नजर पुग्नुपर्ने बताउनुभयो ।


त्यस्तै प्रतियोगितामा ११ समुहले प्रतिष्पर्धा गरेकोमा राजा माहात्मा पुर्ण भद्र मावि भुताहा प्रथम दाउन्नेदेवी मावि बर्दघाट द्धितिय सगरमाथा युवा कल्व सरावल नयाँटोल तृतीय एक्स आर्मी स्कुल बर्दघाट र डेभिस स्कुल बर्दघाटले सान्त्वना स्थान हासिल गरेको निर्णायक मण्डलका संयोजक मदन बिष्टले बताउनुभयो ।

निर्णायकमा गायक तथा सगितकार बिष्ट मिन गूरुंग र विन्ध्या रसाल रहनुभएको थियो भने बाद्यवादनमा सुरज रसाइलीको टोली रहेको थियो ।


कार्यक्रममा प्रथम द्धितीय तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु दशहजार,सातहजार , पाँच हजार र दुई हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक एंव श्रुति संगीतालयका प्रबन्ध निर्देशक लोक मिजारले जानकारी दिनुभयो ।

कार्यक्रममा कलाकार सनम श्रीपाली, संगीता पौडेल , हास्यकलाकार ऋषि बस्याल एंव स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

कार्यक्रममा बालकलाकार समेतले प्रस्तुति दिएका थिए ।

कार्यक्रमको प्रमुख सर्पाेटर दिपा फर्निचर उद्योग मुख्य प्रायोजन सत्यवती ड्राईभिङ सेन्टर सह–प्रायोजन स्विच अन मल्टी ब्राण्ड शो रुम र प्रायोजनमा गणपति आयल स्टोर्स ,रोयल कटेज , शुभम हाम्रो ग्रिल तथा सटर उद्योग रहेको थियो ।


त्यस्तै प्रथम द्धितीय तृतीय र सान्त्वना पुरस्कार क्रमश ः गाउले सदन ,दाजुभाई स्टोर्स , पौडेल मिष्ठान्न , माता लक्ष्मी ज्वेलर्श र केबी अटो मोबाइल्सले गरेको थियो ।


कार्यक्रममा खानेपानी तथा सरसफाई, वन समुह लगायतका बिभिन्न संघसंस्थाले ब्यानर प्रायोजन समेत गरेका थिए ।


कार्यक्रममा सहभागीले महिला अधिकारका प्रबद्र्धनका साथै जनचेतनाको क्षेत्रका बिभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम सुगम संगीतालयका अध्यक्ष बोल्गा नेपालको अध्यक्षता स्थानीय पत्रका प्रबन्ध निर्देशक रवि पाण्डेयको स्वागत एंव संगीता थापा र लोक मिजारको संचालनमा भएको थियो ।

You might also like