क्रान्तिकारी कम्युनिस्ट पार्टीको जनसभा तयारी तीब्र

0

बुटवल- मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले देशैभर जनआन्दोलन दिवस मनाउने भएको छ । चैत्र २४ गते मनाइने दिवसको तयारीका लागि प्रदेशस्तरमा अभियानहरु संचालित छन् । सोही क्रममा प्रदेश पाँचका जिल्लाहरुमा प्रचारात्मक अभियान संचालन भइरहेको केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुबेदीले जानकारी गराउनुभयो । यस अघि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर प्रदेश संगठन समितिले जनआन्दोलन दिवस मनाउन पार्टीको केन्द्रीय सचिवालय सदस्य निरज केसीको संयोजकत्वमा २५ सदस्सीय जनआन्दोलन दिवस परिचालन समिति गठन गरेको थियो ।
प्रदेश अन्तरगत नवलपरासीबाट शुरु गरिएको प्रचारात्मक तथा परिचालनको अभियान रुपन्देही,कपिलबस्तु र दाङमा घनीभुत रुपले संचालन भइरहेको केसीले जानकारी दिनुभयो । पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी ईन्चार्ज क्षेत्र बहादुर थापाका अनुसार जिल्लामा जनसभा तयारीका लागि परिचालन एंव बिबिध पक्षलाई ध्यान दिएर ब्यवस्थापनका कामहरु भइरहेका छन् ।

You might also like