नेकपाद्वारा बर्दघाट नगरपालिकालाई मागपत्र

0

नवलपरासी – नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा बर्दघाट नगर कमिटीले बर्दघाट नगरपालिकालाई १२ बुदें माग पत्र पेश गरेको छ । मंगलवार पार्टीका जिल्ला सल्लाहकार समिति संयोजक ओम सी र नगर सेक्रेटरी निरज सी को नेतृत्वमा पुगेको टोलीले नगरप्रमुख शम्भुलाल श्रेष्ठ समक्ष माग पत्र पेश गरेको हो ।

जनजिविका र विकासका बिभिन्न मागहरु समाबेश गरेर पार्टीले माग पत्र पेश गरेको नगर सेक्रेटरी निरज सीले जानकारी दिनुभयो । खजु्राखोलाको पुल निर्माणमा तदारुकता देखाउनुपर्ने, ट्रमा सेन्टर निर्माण शुरु गर्नुपर्ने , साविक माकर गाविस भवनमा मालपोत कार्यालय ल्याउनुपर्ने लगायत विकास संग सम्बन्धित मागहरु समाबेश गरेर माग पत्र दिइएको सो पार्टीले जनाएको छ ।

माग पत्रको बिषयमा ३ महिना भित्र ध्यानाकर्षण समेत गरिने सेक्रेटरी निरज सीको भनाई छ ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख श्रेष्ठले नेकपाले अगाडि सारेका कतिपय मागहरु पुरा हुने प्रक्रियामै रहेको बताउदै साधन स्रोतले भ्याए सम्मको माग पुरा गर्दै जाने प्रतिबद्धता जाहेर गर्नुभयो ।

You might also like