पश्चिम नवलपरासीमा निर्वाचन बहिष्कार अभियान उद्घाटन(फोटो फिचर)

मिटर ब्याज पीडित तथा लघुबित्त पीडितको आन्दोलनमा ऐक्यबद्धता

0

लक्ष्मी घिमिरे
नवलपरासी- नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीले मंसिर ४ गतेको आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनलाई सक्रिय बहिष्कार गर्ने भएको छ । बिहीवार बर्दघाट–४ जिमिरेभारमा एक कार्यक्रमको आयोजना गरेर क्रान्तिकारी माओवादीले संसदीय निर्वाचनको औचित्य नभएको बताएको हो ।

निर्वाचन सक्रिय बहिष्कार अभियान उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले संसदीय निर्वाचनले देश र जनतालाई झन् कंगाल बनाउदै लगेको बताए । उनीहरुले यो संसदीय ब्यवस्था उत्पिडित वर्गको नभई शोषकहरुको भएको बताए ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले संसदीय ब्यवस्थाको बिकल्प खोज्ने बेला आएको बताउनुभयो ।

उहाँले चुनाव जितेकाहरुले संसदबाट एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गरेकोले त्यसको मतियार जनता पनि भएको बताउनुभयो । भोट हालेका नेताले गल्ती गरे त्यो नेतालाई भोट हाल्ने जनता पनि मतियार हुन्छ –उहाँले भन्नुभयो– राष्ट्रघाती जनघातीहरुको मतियार बन्नु हुदैन । जनताकै भोटबाट संसदमा गएकाहरुले एमसीसी पास गरेर राष्ट्रघात गरेका छन् । महंगी ,भष्ट्रचारी, कमिशनखोरी जस्ता जनघात गरेको हुदाँ जनताले राष्ट्रघाती जनघातीहरुलाई भोट दिन नहुने उहाँको भनाई छ । उहाँले यो ब्यवस्था मिटरब्याजी तथा दलाल पुजीपतिवर्गको ब्यवस्था रहेको औल्याउनुभयो । नेता क्षेत्रीले संघीय जनगणतन्त्रको लागि संर्घष गर्दै सबै किसिमका अन्याय अत्याचारको बिरुद्ध लड्न नेता कार्यकर्तालाई आब्हान समेत गर्नुभयो ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छविलाल खरेलले गाउँघरमा जनताका दुश्मनहरु पसेको भन्दै यस पटकको चुनावमा उम्मेदवारहरुलाई भोट नभई चोट दिनुपर्ने बताउनुभयो । अब भोट होईन चोट दिनुपर्छ –उहाँले भन्नुभयो – जनताबीचको एकताबाट दलालहरुलाई चोट दिन सकिन्छ ।


उहाँले जनताको समस्याको मुल जरो नै संसदीय ब्यवस्था र त्यसका मतियारहरु रहेको चर्चा गर्दै संर्घषले मात्र जनताको जित हुने बताउनुभयो ।
खरेलले प्रतिक्रियावादी राज्य सत्ताले न्याय दिन नसकेका जनताहरु क्रान्तिकारी माओवादी संग न्याय माग्न आएको बताउदै जनताको बीचबाट दलालहरुको नांगेझार पार्ने चेतावनी दिनुभयो । उहाँले मिटरब्याजी पिडीत र लघुबित्त पीडितहरुको मागलाई राज्यले सम्बोधन गर्न नसके क्रान्तिकारी माओवादीले त्यसको भण्डाफोर गर्दै संर्घषलाई साथ दिने बताउनुभयो ।


फरक प्रसंगमा खरेलले आफूहरु जनताको बीचमा रहेको उल्लेख गर्दै शान्तिपुर्ण रुपमा निर्वाचन बहिष्कार गर्ने जानकारी गराउनुभयो । उहाँले शान्तिपुर्ण कार्यक्रममा हस्तक्षेप भए क्रान्तिकारी माओवादीले हातमा दही जमाएर नबस्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले राज्यले नो भोटको प्राबधान नराख्दाँ स्वतन्त्रहरु जन्मिएको बताउदै भोट हाल्ने वा नहाल्ने बिषय ब्यक्तिगत स्वतन्त्रताको बिषय रहेको बताउनुभयो । ब्यक्तिगत बिषय भएपनि पटक पटक जनतालाई आश्वासन मात्र दिने संसदीय नेताहरु झुटको पुलिन्दा मात्र भएको उहाँको भनाई छ ।


उहाँले क्रान्तिकारी माओवादी लगायतका चारदलले चुनाव बहिष्कार गर्नु उनीहरुको अधिकार रहेको स्पष्ट पार्नुभयो । पत्रकार पाण्डेले अभिब्यक्ति स्वतन्त्रताको बिरुद्ध राज्य पक्ष लाग्न नहुने समेत बताउदै जनपक्षीय पत्रकारिताको पक्षमा आफूहरु रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा मिटर ब्याज ठगी बिरुद्धको संर्घष समितिका सदस्य टिका परियारले मिटर ब्याज पिडितहरुको न्यायको पक्षमा क्रान्तिकारी माओवादी मात्र रहेको जिकिर गर्नुभयो ।


उहाँले मिटर ब्याज ठगी बिरुद्धको आन्दोलनमा क्रान्तिकारी माओवादी र सम्बद्ध जनवर्गीय संगठनहरुले मात्र इमान्दारीपूर्वक साथ दिएको बताउदै लघु बित्त पीडितहरुका मागलाई समेत लिएर संर्घष गर्न नेतृत्वलाई सुझाव दिनुभयो ।


कार्यक्रममा लघु बित्त संर्घष समिति बर्दघाट नगर समितिकी संयोजक धनमाया तामाङलगायतको आतिथ्यता रहेको थियो । सो अवसर चुनाव बहिष्कारको आब्हान सहित लघु बित्त एंव मिटरब्याज ठगी बिरुद्ध नाराबाजी गर्दै प्रर्दशन समेत गरिएको थियो ।


जुलुसले जिमिरेभार बजार परिक्रमा गरेको थियो । कार्यक्रम देशभक्त जनगणतान्त्रिक मोर्चाका प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष चुडामणी भण्डारीको संचालनमा भएको थियो ।

 

You might also like