0

आपतमा परेकालाई निशुल्क यातायत सेवा न्युलाइफ र हुजाको घोषणा
नवलपरासी – न्यु लाईफ कलेज÷माविले बर्दघाट नगरपालिकामा कोही बिरामी परेर साधन नभए निशुल्क सवारी साधन दिने भएको छ । कलेजका प्रबन्ध निर्देशक डिबी अधिकारीले सामाजिक उत्तरादायित्वमा आधारित रहेर उक्त सेवा प्रदान गर्न आफू तयार रहेको बताउनुभयो ।  त्यस्तै हुजा टुर एण्ड ट्राभल्स प्रालि सुनवलले आपतमा परेकाहरुलाई निशुल्क यातायात सेवा प्रदान गर्ने घोषणा गरेको छ । त्यसका लागि शुल्क भने तिर्नु नपरे पनि सरकारले गरेको लकडाउनको पालना भने गर्नुपर्नेछ । हुजाले पश्चिम नवलपरासीको बर्दघाट परासी बुटवल र भैरहवा सम्मका अत्यावश्यक काममा सहयोग गर्ने संचालक कृष्ण ढकालले बताउनुभयो ।

You might also like