चितवनको कुरिनटारमा चार सवारीसाधन एकै ठाँउमा ठोक्किए

0

चितवन,मंसिर २७
चितवनको इच्छाकामना गाँउपालिका ४ कुरिनटारमा चारवटा सवारीसाधन एक आपसमा ठोक्किदा दुर्घटना भएको छ । फिस्लिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ ज ८३२८ नम्वरको म्याजिक विपरित दिशावाट जाँदै गरेको बा २१ च ३०३९, बा ६ च ८३४५ नम्वरको स्कारपियो र ना १ ज ८००५ नम्वरको म्याजिक एक आपसमा ठक्कर खाएका हुन ।
सो दुर्घटनामा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । घाइते सबै म्याजिकमा सवार थिए । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनिहरु सबैको अवस्था मध्यम छ । चारवटै सवारीसाधन र चालक प्रहरीको नियन्त्रणमा छन् ।नारायणी अनलाइन

You might also like