को होला कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष ?

0

 २८ गते हुने कैलाली उद्योग वाणिज्य संघको चुनावी साधारण सभाको सरगर्मी बढेको छ। आइतबार मनोनयन दर्ता भएसंगै चुनावी साधारण सभाको सरगर्मी बढेको हो। आगामी तीन वर्षे कार्यकालका लागि वर्तमान अध्यक्ष पुष्पराज कुँवर र व्यवसायी सुरेन्द्र राठी प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।

पहिलो कार्यकालमा कोभिड महामारीको कारण व्यवसायीको पक्षमा काम गर्न नसकिएकोले सबैको सल्लाहमा व्यवसायिक नेतृत्व लिन अग्रसर भएको अध्यक्षका उम्मेदवार कुँवरको भनाई छ। ‘कोरोनाको कारण सोचेजस्तो काम गर्न सकिएन। सबै व्यवसायी साथीको सल्लाहले दोस्रो कार्यकालका लागि तयार भएको हुँ,’ उनले भने, ‘यो तीन वर्षमा कैलाली उद्योग वाणिज्य संघलाई देशकै उत्कृष्ट बनाउने काम भएको छ।’

कुँवर प्यानलमा वरिष्ठ उपाध्यक्षमा पुष्कर ओझा, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, उद्योग उपाध्यक्षमा दिनेशराज लम्साल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भिमराज ओझा र सचीवमा सुरेश पाण्डेको उम्मेदवारी छ। यस्तै सदस्यमा लोकराज भट्ट, प्रकाश चन्द, कविन्द्र पन्त, सुरेन्द्रकुमार बोहरा, तिलकबहादुर बोहरा, राधिका चौधरी, कोपिला कुँवर, सुरेन्द्रबहादुर कठायत, मिलन कुँवर, तुलसीराम गौतम, बासुदेब भट्ट, श्यामराज जोशी, शम्भु लामिछाने र सन्तोष लामिछाने उम्मेदवार  छन्। व्यवसायीको पक्षमा ३ वर्ष काम गरेकोले अर्को कार्यकालका लागि पूरै प्यानलले सहजै चुनाव जित्ने दाबी कुँवरको छ।

व्यवसायी सुरेन्द्र राठी नेतृत्वको प्यानलले भने व्यवसायिक हकहितका लागि काम गर्न चुनावी प्रतिस्पर्धामा उत्रिएको जनाएको छ। कैलाली उद्योग वाणिज्य संघलाई प्रभावकारी बनाएर सम्पूर्ण व्यवसायीको हकहित र सुदूरपश्चिम क्षेत्रको उद्योग, पर्यटन, व्यापार र वाणिज्य क्षेत्रमा योगदान पु¥याउन आफूहरूले नेतृत्व लिनुपर्ने महसुस गरेको राठीले बताए। ‘व्यवसायीकता र उद्यमशीलता बढाउन हामीहरुले उम्मेदवारी दिएका छौँ,’ उनले भने, ‘विशुद्ध व्यवसायीको प्यानल रहेकोले व्यवसायीले भोग्दै आएका सबै समस्या समाधान गर्न सक्षम हुने विश्वास छ। हाम्रो जित हुन्छ।’

राठी प्यानलमा वरिष्ठ उपाध्यक्षमा हरिशंकर ठाकुर, एसोसिएट उपाध्यक्षमा प्रकाशचन्द्र भट्ट, उद्योग उपाध्यक्षमा घनश्याम चौधरी, वस्तुगत उपाध्यक्षमा केशवदत्त पाण्डेय, महासचिवमा सिद्धराज पनेरू, कोषाध्यक्षमा रञ्जनकुमार शर्मा र सचीवमा महेन्द्रकुमार सिंहको उम्मेदवारी दर्ता भएको छ।

यस्तै राठी प्यानलमा सदस्यमा श्रीमन गौतम, हेमराज भट्ट, अमर चोखाल, रिता जोशी अवस्थी, कमला ज्ञवाली, अम्बिका भण्डारी केसी, शैलेन्द्रकुमार श्रेष्ठ, कृष्णराज पाण्डेय, लोकेश भट्ट, जी एम इस्लाम, प्रदीप बैद्ध र सुरेश सापकोटा उम्मेदवार रहेका छन्। कैलाली उद्योग वाणिज्य संघको चुनावमा यो पटक  १ हजार ६१२ जना मतदाताले मतदान गर्न पाउने छन्।

यस्तै उद्योग वाणिज्य संघको उपाध्यक्ष (वाणिज्य)मा केशवराज जोशी निर्विरोध भएका छन्। सुरेन्द्र राठीको प्यानलबाट उम्मेदवारी दिएका जोशी निर्विरोध भएका हुन्। निर्वाचन संयोजक लोकबहादुर बिष्टका अनुसार उपाध्यक्ष (वाणिज्य)मा उम्मेदवारी दिएका गगन केसीले उम्मेदवारी फिर्ता लिएसंगै जोशी निर्विरोध भएका हुन्।

‘उपाध्यक्ष (वाणिज्य)मा जोशीको एकल उम्मेदवारी बाँकी रहेसंगै उनी निर्विरोध भएका छन्। घोषणा भने सबैको संगै हुन्छ,’ बिष्टले दिनेशखबरलाई भने। पुष्पराज कुँवरको प्यानलबाट उम्मेदवारी दिएका केसीले उम्मेदवारी फिर्ता लिएका हुन्। यस्तै सोही प्यानलबाट सदस्यका उम्मेदवार विवेक शर्माले पनि उम्मेदवारी फिर्ता लिएक छन्।  dineshkhabar

You might also like