यी हुन कोरोना जित्ने फ्रन्टलाइनर !

0

बर्दघाट ११ कार्तिक – बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले कोरोना जित्नुभएको छ । बिगत १५ दिन देखि होम आइसोलेशनमा बस्नु भएका उहाँको आज कोरोना परिक्षणबाट नेगेटिभ आएको हो । बर्दघाट नगरमा कोरोना बिरुद्धको लडाईको अग्रपंक्तिमा रहनुभएका ज्ञवालीले नेशनल प्याथ ल्याब बुटवलमा पीसीआर परिक्षण गराउनुभएको थियो । कोरोना बिरुद्धको लडाईमा आत्मबल प्रमुख हुदो रैछ – ज्ञवालीले भन्नुभयो – आज मेरो रिर्पाेट नेगेटिभ आयो । यसपटकलाई कोरोना जितेको छू । बर्दघाट नगरवासीसंग मिलेर कोरोना बिरुद्धको लडाईमा अग्रसर हुन आफू आतुर रहेको उहाँको दावी थियो ।

You might also like