एम.सी.सी खारेजीको माग गर्दै परासीमा संयुक्त बिरोध कार्यक्रम (फोटो फिचर )

0

पुस्पा गिरी /नवलपरासी : नेकपा( क्रान्तिकारी माओवादी ) सहित बाईस दलीय गठबन्धन आबद्व दलहरुले पश्चिम नवलपरासीमा एम.सी.सी परियोजना विरुद्धको संयुक्त आन्दोलन स्वरुप असोज ४ गते परासीमा बिरोध कार्यक्रम सम्पन्न गरेका छन । एम.सी.सी रास्ट्रघाती रहेको ठहर गर्दै बाईस दलिय मोर्चा आवद्व ७ दलले परासीमा संयुक्त बिरोध कार्यक्रम गरेको देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता चुडामणि भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा राजमोका प्रदेश सदस्य तिलक सुवेदी नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी छबिलाल खरेल ; नेकपा (मसाल)का जिल्ला प्रबक्ता धनपति सापकोटा ; बिप्लव नेकपाका गणेश पाठक नेकपा माक्र्सवादी पुस्पलालकि नेत्री दुर्गा नेपाल लगायतले बोल्दै एम सिसि खारेज गर्नु पर्ने औल्याउनु भएको थियो । बिरोध कार्यक्रमको संचालन उत्तम खरेलले गर्नुभएको थियो । रास्ट्रिय स्वाधीनताको रक्षाको सङघर्स सम्पुर्ण देशभक्तहरुको साझा कार्यसुचि बन्न पुगेकोले आन्दोलनको बिकल्प नभएको बताएका थिए ।

You might also like