सैनामैनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

0

 

सैनामैनामा एक दिने निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।सैनामैना दलित उत्थान समितीको आयोजना र न्यु ब्रमा युवा क्लवको सहआयोजना ,जैतुन फार्मेसी तथा फेमिली हेल्थ केयर र मल्टिस्टार रिफरेन्स प्याथ ल्याव प्राईबेट लिमिटेडको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

सैनामैना १ बर्मडाडामा स्थित हाटबजारमा भएको उक्त शिविरमा २ सय ५ जनाले स्वास्थ्य चेकजाँच गराएको सैनामैना दलित उत्थान समितीका सचिब समुन्द्र नेपालीले जानकारी दिनुभयो ।उक्त शिविरमा सुगर, प्रेसर,थाईरोईड लगाएतका रोगको परिक्षण गराएर स्वास्थ्यमा समस्या देखिएका व्यक्तिहरुलाई परामर्शको व्यवस्था समेत मिलाइएको थियो ।

सो अवसरमा बोल्दै जैतुन फार्मेसी तथा फेमिली हेल्थ केयरका प्रोप्राईटर बसन्त घर्ती मगरले विपन्न समुदायको स्वास्थ्यलाई ख्याल गर्दै सैनामैनाका संस्थाहरुले आफ्नो फार्मेसीलाई विश्वास गरि प्राविधिक सहयोगी बनाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि हातेमालो गरि सामाजिक क्षेत्रमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

सैनामैना दलित उत्थान समितीका अध्यक्ष अम्बिका परियारले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई प्रथामिकता दिदैँ आएकोमा यसलाई निरन्तरता दिदैजाने बताउनुभयो । उहाँले क्लवले निःशुल्क स्वास्थ्य परिक्षण शिविर गरि यहाँका स्थानीयलाई यस सम्बन्धि सचेत बनाउदै आगामि दिनमा पनि अन्य ठाउंमा पनि बिभिन्न शिर्षकमा स्वास्थ्य क्याम्प राख्ने योजना रहेको  भन्दै निशुल्क स्वास्थ्य शिविरमा सहयोग र समन्वय गर्ने युवा क्लव र फार्मेसीलाई समेत धन्यवाद दिदै आगामि दिनमा सहकार्य गरि अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो  ।

सैनामैना दलित उत्थान समितीका उपाध्यक्ष जयलाल बिक, कोषाध्यक्ष माया रसाईली,संरक्षक यम बहादुर पर्तेल लगाएतले बोल्दै संस्थाले आागामि दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै हरेक विपन्न नागरिक लाई स्वास्थ्य सेवाको पहुंचमा पुर्याउन सहयोग गर्ने लगाएतका विषयमा बोल्नु भएको थियो । उक्त कार्यक्रम न्यु ब्रमा युवा क्लबका अध्यक्ष हेम बहादुर गाहाको अध्यक्षता, बिक्रम पौडेलकोे स्वागत तथा समुन्द्र नेपालीको सञ्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा दुबै संस्था र क्लवका बोर्ड पदाधिकारी, सदस्य लगायतका सहभागि थिए ।malmalafm

You might also like