बर्दघाट नगर स्वास्थ्य प्रमुख ज्ञवालीलाई कोरोना संक्रमण

0

बर्दघाट २८ असोज :

बर्दघाट नगर पालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीलाई कोरोना पोजेटिभ देखिएको छ । उहाँको पिसिआर परिक्षण पछि पोजेटिभ देखिएको हो । ज्ञवालीले आफुलाइ कोरोना पोजेटिभ देखिएको र आफ्नो सम्पर्कमा आएका सबैलाई लक्षण देखिएमा स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोध गर्नुभयो । यस अघि स्वास्थ्यकर्मी भिमा बिकलाई पोजेटिभ देखिएको थियो । बर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्मा बस्याल लाई कोरोना संक्रमण देखिए पछि पालिका बन्द छ । नगरमा ११४ जना सन्क्रमित छ्न ।

You might also like