दाइजो प्रथा विरुद्ध नाटक सम्पन्न

0


श्याम थापा सुस्ता १२ चैत- पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवा स्थित तरैनीमा सरस्वती संवाद केन्द्र तरैनीको आयोजनामा र ए बि सी नेपालको सहयोगमा दाइजो प्रथा विरुद्ध मन्चिय नाटक सम्पन्न भएको छ । नाटकमा दाइजोको कारणले गर्दा महिलाले घर र बाहिर समाजमा खेप्न परेको समस्या तथा दाइजोकै कारणले गर्दा महिलाको ज्यान समेत जाने र जस्ता कुरिती प्रथाहरुको अन्त्य गर्ने उदेश्यले दाइजो प्रथा विरुद्ध मन्चिय नाटक गरिएको ए बि सि नेपालका फिल्ड अधिकृत सन्जित कुमार शर्माले बताएका छ्न । समाजमा दाइजोको कारणले घटेको घटनालाई कसरी न्यूनीकरण गर्ने जस्ता उपाय र दाइजो विरुद्ध समाज तयार गर्ने जस्ता सचेतनामुलक नाटक प्रस्तुत गरिएको थियो ।

नाटकको सरस्वती संवाद केन्द्र सुस्ता ५ तरैनीका अध्यक्ष उषा बनियाको अध्यक्षयतामा र सुस्ता गाउँपालिका वार्ड न ५ का वडा अध्यक्ष प्रभु नाथ यादवको प्रमुखअतिथ्यतामा एक कार्यक्रम गरि उद्धघाटन भएको हो । सो कार्यक्रममा सुआहाराका फिल्ड सुपरभाइजर भागिरथी पाल,राधेश्याम कोइरी र पत्रकार श्याम थापा लगायतका वक्ताहरुले दाइजो प्रथा विरुद्ध आफू र घर बाटै सुरु गर्न पर्ने बक्ताहरुको जोड रहेको थियो ।

You might also like