अबैध नदीजन्य पद्धार्थ र मदिरा बरामद

0

बर्दघाट २६ बैशाख : बासाबसही प्रहरी चौकी सरावल १ बासाले बुधबार साँझ लकडाउनलाई उल्लघंन गर्दै अबैध रुपमा खोलाजन्य पदार्थ ढुंगा लोड गरि ल्याइरहेको अवस्थामा दुई वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

बासा चोकदेखी उत्तर तर्फबाट ढुंगा लोड गरि दक्षिण तर्फ ल्याइरहेको अवस्थामा बासा चोकमा ड्युटीमा खटिरहेका प्रहरीले सोधपुछ र अनुसन्धानका लागी नियन्त्रणमा लिएका हुन । लु २ त ९५५७ र लु ३ त ३६३६ नम्बरको २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बासा प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरिक्षक तुल बहादुर अधिकारीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएका ट्याक्टर धनीले भने आफुहरुले नियम अनुसार स्टक ढुंगा ल्याएको बताएपनि लकडाउनको समयमा विना पास र विना कागजात ढुवानी गरेको हुदा प्रमाण सहित आएमा अनुसन्धान गरि छोडिने तर कानुन विपरित पाइएमा थप कारवाहीका लागी गाउपालिकामा बुझाइने बासाबसही प्रहरी चौकीका ईन्चार्ज अधिकारीले बताउनुभयो ।
त्यस्तै लकडाउनको मौका छोपी नवलपरासी पश्चिम जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रमा मदिरा तस्करी बढेको छ । जिल्लाको सुस्ता गाउँपालिकाको वडा नं. ५ बनकट्टी गाउँबाट बिहिवार विहान सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट गुठी प्रसौनीले नवलपरासीले नेपालबाट भारत लैजान लागेका करिब एक सय पचास लिटर बराबरको घरेलुु मदिरा नेपाल भारतको दशगजाको छेउमा रहेको केराबरीमा लुकाएर राखेको अवस्थामा मदिरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको हो ।

सिमावर्ती क्षेत्रमा तस्करहरुको विगविगी बढ्न थालेपछि स्थानियले गुनासो गर्दा सकृय बन्दै गएको सशस्त्र प्रहरीले सुराकिको आधारमा सो मदिरा नियन्त्रणमा लिन सफल भएको हो । सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएको गस्तीटोलीलाई देखेर तस्करहरु मदिरा केराबारीमा छोडेर फरार भएको प्रहरी निरिक्षक अधिकारीले बताउनुभयो । नियन्त्रणमा लिइएको घरेलुु मदिरा स्थानिय, पत्रकार, सुरक्षाकर्मीहरूको रोहबरमा नष्ट गरिएको छ ।

You might also like