बुटवलबाट चार दिनदेखि बेपत्ता अहेब मृत अवस्थामा फेला

0

असोज ०५ । 

बुटवलबाट चार दिनदेखि बेपत्ता भएका शुद्धोधन गाउँपालिकास्थित मोतीपूर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब बिष्णु प्रसाद नेपालको शव फेला परेको छ । सोमबार बिहान तिलोत्तमा ११ मधवलिया स्थित नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।

नेपाल बिहीबार राति १२ बजेतिर बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं को मोटरसाइकलमा निस्केकोमा घरमा नगई बेपत्ता भएका थिए ।

नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहरमा खसेको हुन सक्ने आशंकामा प्रहरीले नहरको पानी बन्द गरेर उनको खोजी जारी राखेको थियो । उनका श्रीमती र एक छोरा रहेका छन् । उनका दाजु छवि नेपालको पनि उपचारको क्रममा आइतबार मृत्यु भएको थियो ।

Radio parasi

You might also like