क्रान्तिकारी कम्युनिस्ट पार्टीको सुस्ता गाउँ संगठन समितिको एकता अधिबेशन

0

नवलपरासी (सुस्ता) – क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुस्ता गाउँ संगठन समितिको ऐतिहासिक एकता, अधिबेशन प्रशिक्षण तथा बैठक सुस्ता–१ फेचुवास्थित छघरिया बस्तीमा सोमबार सम्पन्न भएको छ ।

अधिबेशनले वसन्त संयोजक र प्रकाश सहसंयोजक रहेको १३ सदस्यीय सुस्ता गाउँ संगठन समिति निर्वाचित गरेको हो ।

कार्यक्रममा पार्टी महाधिवेशन आयोजक समिति सदस्य एवं जिल्ला इन्चार्ज सङ्कल्प , महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक समर , सहसंयोजक श्रमिक, प्रदेश सदस्यहरु सरोज क्रान्ति र प्रदेश सल्लाहकार अनिलले बिचार राख्नु भएको थियो । कार्यक्रममा सहिद परिवारबाट सीताको आतिथ्यता थियो ।

 

You might also like