देवदह–८ मा भुस्याहा कुकुरको बिगबिगी

0

देवदह – रुपन्देहीको देवदह नगरपालिका–८, शान्तिनगरमा भुस्याहा कुकुरको बिगिबिगी भएको छ ।
खेतमा चराएको अवस्थामा भुस्याहा कुकुरले टोकेर २ वटा वाख्रा मरेको र ४ वटा वाख्र्रा गंभिर घाईते भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
स्थानीयवासी पण्डित कुवरको दुईवटा वाख्रा मध्ये एउटा मरेको र अर्को गंभिर भाईते भएको देवदह–८, का वडाध्यक्ष दण्डपानी भट्टराईले जानकारी दिनु भयो । यसैगरी भिम देवकोटाको दुईवटा मध्ये एउटा मरेको र अर्को भाईते भएको बताइएको छ । यसैगरी सिताराम जोगी थारुको एउटा, भवानीप्रसाद रिजालको एउटा वाख्रालाई भुस्याहा कुकरले टोकेर घाईते बनाएको छ । भुस्याहा कुकुरले टोकेर करिव २५ हजार बरावरको बाख्रा मरेको स्थानीयवासीको भनाई रहेको छ । पछिल्लोे समय भुस्याहा कुकुरको बिगबिगी बढिरहेको अवस्थामा नगरपालिकाले यसको व्यवस्थापन गर्नुपर्ने स्थानीयवासीहरुको माग रहेको छ । छाडा कुकुरलाई व्यवस्थापन गरी भुस्याहा कुकुरले मारेको वाख्र्राको नगरपालिकाले क्षतिपूर्ति दिनु पर्ने पिडितहरुको माग रहेको छ ।

You might also like